२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

अलोकतान्त्रिक गठबन्धन पतनको बाटोमा : रायमाझी

शोभाखर पन्थी ,अर्घाखाँची ।

नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य लक्ष्मण रायमाझीले अलोकतान्त्रिक गठबन्धन पतनको दिशामा उन्मुख भएको बताउनु भएको छ ।
नेकपा एमाले सन्धिखर्क वडा नं.-२ वडा कमिटी द्वारा बेंहोरे,पोख्राका नेटा,धारिचौर र चुत्रावेसीमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मन्तव्य राख्दै उहाँले यथास्थितिवादी र प्रतिक्रियावादीहरुको पराजित मानसिकताको उपज गठबन्धन भएको बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्ड र शेरबहादुर देउवा परिवारवादमा फसेको आरोप लगाउँदै उहाँले दबाबको भरमा जनताले मत नदिने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले सुशासन ,बिकास र समृद्धिको निम्ति आफुहरुलाई विजयी गराउन अग्रह गर्नुभयो । उहाँले आफुहरु विजयी भए सन्धिखर्कको मुहार फेर्ने दावी समेत गर्नुभयो ।
उप-मेयरका उम्मेदवार मिश्रा आचार्यले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक,सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले सबै क्षेत्र र समुदायका जनताको अधिकार सुनिश्चितताको निम्ति नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

नेकपा एमालेको तर्फबाट सन्धिखर्क -२ को वडा अध्यक्ष पदका उम्मेदवार मोतिजङ्ग रायमाझीले सन्धिखर्क -२ मा जनचाहना अनुसारको काम भएको बताउनुभयो । उहाँले वडामा शिक्षा ,स्वास्थ्य ,खानेपानी ,सिंचाइ ,तटबन्ध र वातावरणको पक्षमा उल्लेख्य काम भएको दाबी गर्नुभयो । रायमाझीले आफुहरु लाई पु:न विजयी गराएमा नमुना काम गरेर देखाउने प्रतिबद्धता समेत जनाउनु भयो ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य विजुला रायमाझी ,जिल्ला उपाध्यक्ष ईश्वरा पोख्रेल ,प्रदेश क्षेत्र नं.-२ समन्वय कमिटीका संयोजक रामचन्द्र पोख्रेल ,सन्धिखर्क नगर कमिटीका ईन्चार्ज युवराज श्रेष्ठ ,नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,जिल्ला कमिटीका सदस्य शुष्मा श्रेष्ठ ,प्रदिप नेपाली ,अनेम संघका जिल्ला अध्यक्ष दीपा आचार्य , सदस्य पदका उम्मेदवार खिमबहादुर मुखिया ,दामोदर पौडेल ,महिला सदस्य विष्णुमाया मरासिनी ,दलित महिला सदस्य निर्मला नेपाली लगायतका वक्ताहरूले मन्तव्य राख्दै नेकपा एमालेको जित सुनिश्चित भएको बताउनुभयो ।

नेकपा एमालेका युवा नेता पदम भुसालको संचालनमा सम्पन्न कार्यक्रममा वडा कमिटीका अध्यक्ष नारायण खड्का ,स्थानीय नेताहरू लोकबहादुर रायमाझी ,शरिता बन्जाडे,प्रेमनारायण भुसाल ,हरिबहादुर रायमाझी ,जिवनारायण भुसाल लगायतले समेत मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार