१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

गठबन्धनलाई हराउँदै मालारानीमा एमाले विजयी

हरि कुँवर, अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ ।

पालिका अध्यक्ष उपाध्यक्षमा एमालेले जितेको छ । अध्यक्ष दल ब. भट्टराईले ८२८३ मत ल्याएका छ्न भने उपाध्यक्ष दिपा पोख्रेलले ८१५५ मत ल्याएर विजयी भएका हुन ।

मालारानी- ५ बाट वडा अध्यक्षमा एमालेका तिलक मिश्रको प्यानल विजयी भएको छ । वडाअध्यमा एमालेका उम्मेदवार तिलक मिश्र १४२० मत सहित हुम ब. महत ,ऋषि पन्थी, मधु खनाल र अनिता विक विजयी भएका हुन ।

यसैगरी गठबंधनको तर्फबाट बिष्णु प्रसाद आचार्यले ११४६ मत ल्याएका हुन । २०७४ सालको निर्वाचन १८ मत लिएर हारेका मिश्र अहिले बाँगीमा जिते पछि कार्यकर्ता निकै उत्साहित भएका छ्न ।

मालारानीका ९ वडा मध्य २,९ बाहेक सबै वडा एमाले ले जितेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार