१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

बाँगीको विकास मोडेलमा दिनरात खटिने प्रतिबद्धता व्यक्त

अर्घाखाँची ।

अर्घाखाँची जिल्ला मालारानी-५ बाँगीका नवनिर्वाचित वडा अध्यक्ष तिलक मिश्रले स्थानीय चुनाव सम्पन्न गरेकोमा सम्पुर्णमा हार्दिक बधाई तथा बाँगीको विकास मोडेलमा दिनरात खटिने प्रतिबद्धता व्यक्त गरेका छन ।

बाँगीको शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि बाँगीबासी लाई धन्यवाद दिँदै आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरे। उनी लेख्छन् –
हार्दिक आभार ,धन्यवाद एवम् प्रतिबद्धता ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचनमा म मालारानी गाउँपालिकाकाे वार्ड न.५ को अध्यक्ष पदमा निर्वाचित भएको छु ।

यस अवसरमा सम्पूर्ण बाँगीबासी मतदाताहरुले निर्वाचनमा आफ्नाे मताधिकारकाे सदुपयोग गर्दै आफ्नाे अमुल्य मत प्रदान गर्नु भएकाेमा सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यस निर्वाचनमा आफ्नो मताधिकारकाे प्रयाेग गर्न वैदेशिक मुलुक, भारत प्रवास, काठमाडौं र बुटवल लगाएत देशका विभिन्न भागमा बसाेवास गर्नुहुने सचेत मतदाताहरु बाँगीको मतदान केन्द्रमा उपस्थित भई मतदान गरेर म र र्मेरो प्यानललाई विजयी बनाउनुभएकाेमा सबैप्रति विशेष आभार प्रकट गर्द्छु ।

र्निर्वाचन प्रचार-प्रसारको अवधिभर अहाेरात्र खट्ने पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, युवा साथीहरू, शुभचिन्तक र समर्थकहरु लगायत निर्वाचन सम्पन्न गर्न खट्नुहुने निर्वाचन कर्मचारीहरु तथा सुरक्षाकर्मीहरु सबैप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु । निर्वाचनको अधि र विजय पछि अत्त्यान्त ब्यस्तताले फोन र सामाजिक सन्जालमा निरन्तर जोडिन असमर्थ भएकोमा क्षमा चाहन्छु । साथै विजयी उत्सव मा जनताको सहभागीता र उत्साहले हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाएको छ। हामी बाँगीको बिकास र समृद्धिका लागि प्रतिबद्ध छौ ।

तिलक मिश्र
अध्यक्ष
मालारानी – ५ बाँगी अर्घाखाँची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार