सन्धिखर्क नवनिर्वाचित मेयर श्रेष्ठले भने – ‘सुशासन र बिनाझन्झट सेवा दिन्छौँ’

हरि कुँवर , अर्घाखाँची ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकामा नव निर्वाचित पालिका प्रमुख उपप्रमुख वडा अध्यक्ष वडा सदस्यहरुले पदभार ग्रहण गरेका छ्न।

नव निर्वाचित पालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले पदभार ग्रहण गर्दै सुशासन र बिनाझन्झट सेवा दिने बताउदै कार्यक्रममा पाणिनी बहुमुखी क्याम्पसमा स्नातक तहमा ४० जना जेहेन्दार पिछडिएका विपन्न वर्ग विद्यार्थी हरु लाई भर्ना शुल्क क्याम्पसले मिनाहा गर्ने गरि निश्चित प्रक्रिया र मापदण्डको आधारमा मासिक शिक्षण शुल्क भुक्तानी गर्न नगरपालिका बाट छात्रवृत्ति उपलब्ध गराइने बताएका छ्न ।

श्रेष्ठले सन्धिखर्क का १२ वटै वडा लाई भेदभाव नगर्ने प्रतिबद्धता व्यक्त् गर्दै शिक्षा स्वास्थ्य कृषि पर्यटन र दिगो पुर्वाधार – समृद्ध सन्धिखर्क निर्माणका मुल आधार मानेर रोजगारी सृजना गर्न सकिने बताए ।

न्युनतम विधुत महसुस ३० रुपैया बुझाउनुपर्ने सम्पुर्ण घर- परिवारको विधुत महसुस नगरपालिका ले भुक्तानी गरिदिने , नगर भित्रका सम्पुर्ण सामुदायिक लिफ्टिङ्ग खानेपानीको महसुस ६०प्रतिशत नगरपालिकाले भुक्तानी गर्ने यस्तै नगर भित्र अर्घाखाँची अस्पतालमा सुत्केरी हुने महिलाहरु लाई पोषण स्वरुप रु. २००० नगपालिका बाट उपलब्ध गराउने भएको श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छ्न ।

वास्तविक मालिक जनता भएकोले जनचाहना अनुसार कार्यक्रम अगाडि ल्याउदै “सुखी नेपाली समृद्ध नेपाल ” को राष्ट्रीयआकांक्षा पूरा हुने बताए।

उनले निर्वाचित प्रतिनिधि र कर्मचारीबिच समन्वय गरेर अघि बढ्ने बताए। नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत र पुराना जनप्रतिनिधिहरूलाई औपचारिक रूपमा बिदाइ गर्ने गरी वडा कार्यालयहरूले समेत विविध कार्यक्रमको आयोजना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार