
अर्घाखाँची ।
मालारानी गाँउपालीकाका सबै वडाहरुमा आज र भोली कोभिड खोपको बुस्टर डोज लगाइने भएको छ ।
बिहान १० बजे देखि ५ बजेसम्म प्रत्येक वडाका प्रत्येक स्वास्थ्य सँस्थाहरुमा खोप लगाउन सकिने भएकोले पहीलो र दोस्रो जोड लगाएका १८ बर्ष माथीका सबैलाइ तेस्रो अर्थात बुस्टर जोड लगाउन मालारानी गाँउपालीकाका स्वास्थ्य साखा प्रमुख भबिश्वर खनालले आग्रह गर्नु भएको छ ।
यसैबिच पहिलो जोड जोनसोन खोप लगाएर ३ महिना पुगेकाहरुलाइ पनि दोस्रो खोप दिइने खनालले बताउनु भएको छ ।
यस्तै १२ देखि १७ बर्ष उमेरका मोडना खोपको पहिलो मात्रा लगाइ ३ महिना पुरा भएकाहरुलाइ पनि दोसे्रो खोप दिइने भएकोले नजिकको पायक पर्ने वडामा गइ खोप लगाउन सकिने स्वास्थ्य साखा प्रमुख खनालले बताउनु भएको छ ।
कोरोना भाइरस विरुद्धको वुस्टर डोज खोप लगाउदा ६ महिना पुगेको हुनुपर्ने हुन्छ ।