८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

” स्थानिय तह निर्वाचन २०७९ को अनुभव “

रामप्रसाद गैरे , अर्घाखाँची ।

स्थानिय तह निर्वाचन २०७९ को महिले धेरै अनुभव लिने मौका पाए।

निर्वाचनमा को आफ्नो , को पराइ , को कत्तिको इमान्दार सबै जना लाई छर्लङ चिन्ने मौका दियो । चाहे त्यो बिपक्षको होस चाहे त्यो आफ्नै पक्षको किन नहोस् । को भद्र भलाद्मी को छुद्र , कस्ले कस्तो व्यबहार गर्दा रहेछन सबै छर्लङ भयो ।

कस्लाई पैसा नै सर्वथोक रहेछ कस्लाई इज्जत प्यारो रहेछ सबै बुझ्ने मौका दियो यो निर्वाचनले । आफ्नो पक्षले कस्तो मुल्याङ्कन गरे बिपक्षले कस्तो मुल्याङ्कन गरे , को को ले हौसला दियो, को को ले अपमान गर्‍यो , हार जीतमा एक थोक त अबश्य नै हुन्छ तर को को ले छुद्र व्यबहार गरे , को को ले बिजयी भए पनि भद्र भलाद्मी तरिकाले कुरा गरे त कोइ कोइले सबै थोक नै हामी होउ अब भने , आजभोलि त झनै गज्जबको कुरा के भने नि जितेका मित्रले होच्चाउदै छुद्र बोली ( गिराउने ) अनी मुन्टो बटारेर हिडदै छन आखिर यती धेरै घमन्ड किन र के का लागी ?

राजनीति आस्था आफ्नो ठाउमा छ तर साथीत्व , दाजुभाइ इस्टमित्र भाईचारा त सदैभरी नै छ होइन र ? समाजसेवि को व्यबहार पनि देखियो नेताको व्यबहार पनि देखियो पत्रकारको व्यबहार पनि देखियो सबै हेरियो देखियो बुझियो र भोगियो पनि सबैलाई जान्ने बुझ्ने मौका दियो यो निर्वाचन २०७९ ले कसले शन्का उपशन्का गर्‍यो कस्ले डबल रोल खेल्यो थाहा भयो । जस्ले जितेपनी बिकास हुने भनेको आफ्नै गाउ ठाउँ समाज को त हो होइन र ? चुनावको बेलामा कस्ले इमान्दारिका साथ काम गर्‍यो कस्ले गरेन ( चाहे त्यो बिपक्षको नै किन नहोस् ) । सबै छर्लङ भएर बुझ्ने मौका दियो यो निर्वाचनले । देश बिकास गर्न पक्ष बिपक्ष सबैको उतिक्कै जिम्मेवारीहुन्छ त्यसैले एक हातले मात्रै ताली बज्दैन ।

अन्त्यमा कसैले कसैलाई होच्चाउने काम नगरौ , एक असल बिना स्वार्थको भाईचारा साथीत्व हितौशी मित्रको व्यबहार गरौ । निर्वाचन त आउछ जान्छ तर तपाईं हामी त सदैब दु:ख सुखमा हासो खुशीमा रमाइलोमा सदैब सँग संगै हुन्छउ होइन र ? नेपालको राजनीति त झनै उपल्लो स्तरमा कती बेला कुन दल सँग मिल्छ , तपाईं हामी किन मन मुटाब होउ साथीहरु ! समग्र देश बिकासको लागि हातेमालो गर्दै जाउ, होच्चाउने प्रविधि नगरौ , विजयी भएकाले अनी पराजय भएका कसैले पनि भेदभाव नगरौं ।

धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार