वार्ड अध्यक्ष गोपालप्रसाद खनाल द्वारा आफ्नो जन्मदिनको अवसरमा सार्वजनिक ठाउँमा बेन्च उपलब्ध

माधव खनाल, अर्घाखाँची ।

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड् न १ ढाकावाङ्गका नव निर्वाचित वार्ड अध्यक्ष गोपालप्रसाद खनालले आफ्नो जन्मदिनको अवसर पारी आज जेष्ठ १६ गते अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न ढाकावाङ्गका २५ सार्वजनिक ठाउँमा गृल सहितको बस्ने बेन्च उपलब्ध गराएका छन ।                                                                  भुमिकास्थान नगरपालिका वार्ड न १ को
पिपलनेटा ,कालिमाटी साम्नेगाउँ,राजिमे ,छेडापोखरी ,मगर साम्नेगाउँ ,गहते ,कोलाचौपारी ,पुलबारी ,ओखटे ,माझापोखरा,ठुलाखोला,ढाकावाङ्ग प्रहरी चौकी ,खड्काथाना मन्दिर लगायतका ठाउँमा यी बेन्चहरु उपलब्ध गराएका हुन अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न १ साविक ढाकावाङ्ग ९ ठुलापोखरामा स्वर्गीय बुवा ज्ञानप्रसाद खनाल र आमा उमकला खनालका पाँच भाइ छोरा मध्ये काइला छोरा खनाल २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस र नेकपा माओबादी केन्द्रको गठबन्धनबाट निर्वाचित हुनुभएको थियो ।

खनालले सार्वजनिक ठाउँमा बेन्च उपलब्ध गराउदै भने जन्मदिनको अवसरमा आफुले कुनै पनि फजुल खर्च नगरी
यश वडा भित्र रहेका सार्वजनिक ठाउँमा यी बेन्चको आवश्यकता रहेको र त्यही अनुरुप आज आफुले यस्तो कार्य गरेको बताए ।

साथै खनालले आगामी वर्षको आफ्नो जन्मदिनमा पनि यस्तै किसिमले आवस्यकता अनुरुप कुनै अरु क्षेत्रमा पनि सहयोग गर्ने बताएका छन ।

खनाल नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय रहेता पनि सवै राजनीतिक दलका नेता कार्यकर्ता सङ्ग घुलमिल रहने ब्याक्तिको रुपमा परिचित छन पछिल्लो समयमा खनाल युवाहरूको प्रिय पात्र तथा एक असल समाजसेवीको रूपमा पनि आफुलाइ स्थापित गरेका छन ।

बिगत केही वर्षदेखि सन्धिखर्कमा ब्यबसाय सङ्गै नेपाली काङ्ग्रेस निकट तरुण दलको अर्घाखाँची क्षेत्र न १ को क्षेत्रीय सभापति तथा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश समितिको सदस्य खनाल जिल्लामा सवैको मन मस्तिष्कमा बस्न सफल बनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार