काठमाडौं ।
युनाइटेड अरब इमिरेट्स् (युएई) मा पक्राउ परी जेल सजाय कटाई रहेका अर्घाखाँचीका पत्रकार उमाकान्त पाण्डेलाई विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरूले रिहाइको माग गरेका छन् ।
कतार, कुवेत, बेलायत, युरोप, जापान, दक्षिण कोरिया, बेल्जियम र भारतस्थित महासंघ शाखाहरूका तर्फबाट संयुक्त प्रेस वक्तव्य जारी गर्दै पाण्डेको रिहाइका लागि माग गरिएको हो । यूएईमा कार्यरत पाण्डेलाई सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसकै आधारमा पक्राउ गरी जेल सजाय भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अर्घाखाँचीका पत्रकार उमाकान्त पाण्डेलाई कानुनी कारबाही गराउन आबुधाबीस्थित नेपाली दूतावास र राजदूत नै लागिपरेको नेपाल पत्रकार महासंघले दाबी गरेको हो ।