बरिष्ठ पत्रकार बुढाथोकी दराज अन्लाईन द्वारा ठगिएको भन्दै उजुरी

काठमाडौं ।

बरिष्ठ आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले दराज अनलाइनबाट सामान किन्दा आफू ठगिएको भन्दै उजुरी दिएका छन् । बुढाथोकीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १४ , १८ र ३६ बमोजिम कारबाही गरिपाउँ भनी वाणिज्य विभागमा निवेदन दिएका हुन् ।

१७ मे २०२२ मा इकमर्श प्लेटफर्म दराज नेपालबाट उनले मिस्क्सर ग्राइन्डर सेट अर्डर गरेका थिए । तर, सामान उनको घरमा भएको मेसिनमा फिट भएन । र, उनले सोही दिन सामान फिर्ता गरेका थिए ।

 

सामान फिर्ता गरेपछि ७२ घन्टाभित्र पैसा फिर्ता गर्नुपर्ने कम्पनीको नियम छ ।

‘८ दिनसम्म पनि पैसा फिर्ता नपाएपछि बुढाथोकीले २५ मे २०२२ मा इमेल गरेँ, उक्त इमेलको जवाफमा दराजले १ जुन २०२२ सम्ममा पैसा फिर्ता गर्ने भनेको थियो,’ बुढाथोकीले भने, ‘तर अहिलेसम्म पैसा फिर्ता गरेको छैन । त्यसैले वाणिज्य विभााागमा उजुरी दिएको हुँ ।

यस्तो छ बुढाथोकीको उजुरी

मैले दराज इकमर्स प्लेटफर्म दराज नेपालबाट मिस्क्सर ग्राइन्डर सेट अर्डर गरेकोमा उक्त उत्पादन मेरो मेसिन अनुकूल नभएका कारण १७ मे २०२२ कै दिन दराजले पठाएको प्याकको एउटा कागजको टुक्रासमेत नराखी फिर्ता गरेकोमा फिर्ता गरेको र पैसा फिर्ता नगरेपछि मैले २५ मे २०२२ का दिन इमेल गर्दा दराजका तर्फबाट इमेल पठाइ १ जुन २०२२ सम्म पैसा फिर्ता गर्ने भनेकोमा आजसम्म पैसा फिर्ता नगरी ठगी गरिएको छ । जसमा कम्पनीको नियामानुसार ७२ घण्टाभित्र रकम फिर्ता गर्ने भन्ने नियमसमेत उल्लंघन गरि, मलाई ठगी गरेको हुनाले त्यस दराज नेपालमाथि उपभोक्ता संरक्षण ऐन- २०७५ को दफा १४ , १८ र ३६ बमोजिम आवश्यक कारबाही गरिपाउँ भनी मैले वाणिज्य विभागमा निवेदन दिएको छु । एक जना पत्रकारलाई समेत ठगिन्छ भने सर्वसाधारणको अवस्था के होला ?

फिर्ता गरिएको वस्तुको फोटो संलग्न छ ।

भवदीय

गजेन्द्र बुढाथोकी

कपन, बालुवाखानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार