२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

अर्घाखाँचीमा पाठ्यपुस्तक नआउँदा पठनपाठन प्रभावित

भिम विश्वकर्मा,अर्घाखाँची ।

अर्घाखाँचीका विद्यालयमा वेलैमा पाठ्यपुस्तक नपुग्दा पठनपाठन प्रभावित भएको छ।

यही जेठ १ गतेदेखि नयाँ शैक्षिकशस्त्र सुरु भए पनि सबै बिद्यालयमा अझै पाठ्यपुस्तक पुग्न नसकेको हो ।

शिक्षा विकास तथा समन्वय एकाइअर्घाखाँचीका प्रमुखमनिराम पराजुलीका अनुसार विद्यालयले पुरानै किताबबाट पठनपाठन गराइरहेको बताए। “पुस्तक अभावको कारण पठनपाडनमा समस्या छ तर जतिसक्दो चाँडो किताब उपलब्ध गराउन पहल गरेका छौँ’, उनले भने।

पाणिनी गाउँपालिकाका शिक्षा अधिकृत तेज बहादुर खनालका अनुसार पाठ्यपुस्तक उपलब्ध नहुदा पठनपाठनमा समस्या आएको छ । उनि भन्छन “बिद्यलयमा सन्दर्भ सामाग्रि तथा अन्य तरीका बाट पठनपाठन भए पनि बिद्यार्थिलाई घरमा अध्यान गर्न समस्या भएको छ ।”

पाठ्यपुस्तक अभावले शिक्षक शिक्षिकालाई समेत पिरोलेको छ । पाणिनी गाउँपालिका–७ स्थित जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक सालिकराम बेल्वासेले पठनपाठन सुरु भएको तीन साता बित्नलाग्दा पनि पुस्तक उपलब्ध नहुँदा समस्या भएको बताए।

अर्घाखाँचीमा सामुदायिक ७६ र निजी ११ विद्यालय छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार