९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

ग्रामीण विकास पत्रकारिता तालिम भालुवाङ्गमा

दाङ ।

लुम्बिनी प्रदेश सरकार अन्तरगत आन्तरिक मामिला तथा संचार मन्त्रालयको आयोजना र पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको समन्वयमा ग्रामीण बिकास पत्रकारिता तालिम दाङको भालुवाङ्गमा सुरु भएको छ ।

आज एक कार्यक्रमको आयोजना गरि करिब ४ दिन सम्म चल्ने उक्त कार्यक्रमको उद्घाटन गरिएको हो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गिरिको अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा बोल्ने वक्ताहरुले यस्ता तालिमको आयोजनाले पत्रकारको क्षेमता बिकासमा ठुलो सहयोग हुने भन्दै खुसी व्यक्त गरेका थिए । अरु पेश जस्तै पत्रकार रिटायर हुन्न नसक्ने बताउदै पत्रकारको कलम लगनशील समाजको रक्षक भएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि गोविन्द आचार्य , नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सचीव रामजी दाहाल , केन्द्रीय सदस्य सुशील पोख्रेल , नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसि  नेपाल पत्रकार महासंघ प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति उपाध्यक्ष चुमा आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव बिक्रम खड्काले गरेका थिए। 

लुम्बिनी प्रदेशका सवै जिल्लाबाट करिब ५० जना सहभागी रहेको उक्त तालिम आगामी २४ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार