२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

तालीममै तालीको वर्षा

दाङ ।

ग्रामीण विकास पत्रकारिता तालीम कार्यक्रममा पत्रकारहरुले खोजपत्रकारिताका महासचिव तथा प्रशिक्षक रामजी दाहालको पत्रकारिता बारे तालीममै तालीको वर्षा सहित प्रसंशा गरेका हुन ।

लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजना र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको समन्वयमा ग्रामीण विकास पत्रकारिता चार दिने तालिम लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङमा मंगलबार सम्पन्न भएकोको तालिममा दाहालको पत्रकारिता बारे पत्रकारले मुक्तकन्ठ सहित प्रसंशा गरेका हुन ।

लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचीव कोमल प्रसाद धमलाले कार्यक्रममा बोल्दै पत्रकारिता सत्यतथ्य आधारित जनकल्याण मुखी हुनुपर्नेमा जोड दिए । उदाहरण दिए धमलाले भने एउटा वृक्ष रोपणकार्यक्रम बिहान कुनै प्रमुखले बिरुवा रोप्ने दिउँसो बोकाले खाइदिने बेलुका प्रमुखले बोका खाइदिने परम्परा रहेको अवस्थामा हाम्रो खोज पत्रकारिता अति आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिक बसन्त गिरीको अध्यक्षमा भएको तालिमको प्रशिक्षकमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य र नेपाल पत्रकार महासंघका पूर्व सचीव तथा खोजपत्रकारिताका महासचिव रामजी दाहालले प्रशिक्षण दिएका थिए । रामजी दहालले खोजपत्रकारि बाट दुखी पीडितको सहयोग गरेको सह प्रमाण सहित सुनाए । सुनाउदै जादा पत्रकारहरुको तालीममै तालिको वर्षा भयो ।

यस्तै लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय उप-सचीव दामोदर भण्डारी तथा नवनिर्वाचित प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा पत्रकारको जिम्मेवारी पत्रकारले गर्नुपर्ने काम कर्तव्य प्रक्रियामा जोडदिएका थिए ।

ग्रामीण क्षेत्रमा रहेर काम गर्ने पत्रकारहरुको क्षमतालाई अभिवृद्धि गर्ने अभिप्रायले ग्रामीण विकास पत्रकारिता तालीमको आयोजना गरिएको थियो । तालीममा लुम्बिनी प्रदेश भित्र रहेका विभिन्न जिल्लाका रेडियो, टेलिभिजन, पत्रीका, अनलाइनमा कार्यरत करिब ५० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको छ।

सहभागी पत्रकारहरुले केही नयाँ कुरा सिक्ने अवसर पाएको र तालीम बाट नयाँ ज्ञान,अनुभव पत्रकारितामा प्रयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार