२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

४ दिने अनलाईन पत्रकारिता तालिम सम्पन्न

माधव खनाल, भालुवाङ।

अनलाईन पत्रकारितालाई जिम्मेवार सन्चारकाे माध्यमकाे रुपमा विकासमा ध्यान दिनु आवस्यक रहेकाे दाङको भालुवाङ्गमा आयाेजित कार्यक्रममा बोल्ने बक्ताहरुले जाेड दिएका छन ।

बुधबार देखि लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङ्गमा आन्तरिक मामिला तथा सन्चार मन्त्रालयकाे आयाेजना र नेपाल पत्रकार महासँघ लुम्बिनी प्रदेशकाे समन्वयमा शुरु भएकाे चार दिने अनलाईन पत्रकारिता तालिमको समापन समारोहमा बोल्दै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशकी कानुन अधिकृत सीता घिमिरेले अनलाईन मिडिया आजकाे आवस्यकता भएकाे तर जिम्मेवार हुन नसकेको बताउँदै अनलाईन मिडियालाई जिम्मेवार र विश्वसनिय बनाउने काममा नेपाल पत्रकार महासँघ लाग्नुपर्ने बताइन ।

तालिमको समापन कार्यक्रममा मन्तव्य राख्दै प्रशिक्षक रविराज बरालले अनलाईनमा के लेख्ने र कसका लागि लेख्ने याे मुद्दा प्रमुख रहेकाले मुलत समुदाय केन्द्रित समाचारहरुलाई प्राथमिक्ता दिन अनलाईन पत्रकारहरुलाई आग्रह गर्नु भयाे ।

यस्तै कार्यक्रममा मन्तव्य राख्दै प्रशिक्षक मनोज सत्यालले अनलाइन पत्रकार लाई चार दिने तालिमले थप उत्प्रेरणा र थप उर्जा मिल्नेमा आफू बिस्वस्त रहेको बताए ।

चार दिन सम्म सञ्चान भएको तालिमको बुधबार नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशील पोख्रेलले उद्घाटन गरेका थिए ।

उक्त तालिममा लुम्बिनी प्रदेशका बाह्र जिल्लाका पत्रकारहरु सहभागी रहेको महासंघका थियो ।

समापन कार्यक्रम नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरिको अध्यक्षता उपाध्यक्ष चुमा आचार्यको स्वागत र महासचिव विक्रम खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार