१ पुस २०८२, मंगलबार
१ पुस २०८२, मंगलबार

विवाह गर्छु भनी बलात्कार गरी लुटपाट गर्ने तामाङ पक्राउ

काठमाडौं ।

२४ वर्षीया महिलालाई करणी गरी एक लाख नगद र गहना लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको विशेष टोलीले काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–९ घर भई हाल बनेपा डेरा गरी बस्ने ३० वर्षका विश्व तामाङलाई पक्राउ गरेको हो ।

विवाह गर्ने प्रलोभन देखाएर काठमाडौं ११ भोटेबहालस्थित एक गेष्ट हाउसमा राखी पेयपदार्थमा लठ्ठिने पदार्थ मिसाई खुवाएको र साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइल लुटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेठ २९ गते राति ती महिलालाई फकाएर विवाह गर्ने प्रलोभनमा पारी बलात्कारपछि लुटपाट गरी तामाङ फरार भएका थिए।

तामाङमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को देहाय २१९ को करणी गर्न नहुने र परिच्छेद–२० को देहाय २४१ को चोरी गर्न नहुने कसूरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार