शितगंगा नगरपालिका निति तथा कार्यक्रम,बजेट सर्वसम्मत पारित

अराज बेल्वासे, अर्घाखाँची ।

शितगंगा नगरपालिकाले आगामी बर्ष २०७९/८० को लागि ८६ करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।

नगरपालिकाको ११औं नगर सभामा नगर उपप्रमुख गिताभाटले ८६ करोड ६५ लाख बराबरको बजेट पेस गर्नु भएको हो । चालुतर्फ करिव ५२ करोड र पुँजीगततर्फ करिव ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको थियो ।

नगर सभामा नगर प्रमुख छबिलाल पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेर चालुतर्फ ६५प्रतिशत र पुँजीगततर्फ ३५ प्रतिशत विनियोजन गरिएको हो।नगरपालकाले सबै भन्दा बढी सडक स्तरउन्नतिमा रकम बिनियोजनभएको छ ।

आर्थिक विकास,सामाजिक विकासमा पुर्बाधार विकास, वन वातावरण तथा विपद ब्यवस्थापनमा शुसासन तथा सस्थागत विकासमा समेत बजेट बिनियोजन भएको छ ।

नगर भित्रका घरहरुलाई खरको छानो मुक्त बनाउने अभियान अन्तर्गत यस आर्थिक वर्ष मा करीब ६०० परीवारहरुको खर को छानो मूक्त गरीने छ , गत बर्ष भन्दा यो बर्ष ५० प्रतिशत योजना कम गरिएको छ । प्रयटन क्षेत्रको बिकासलाइ समेत प्राथमिकता दिएर बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार