७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

दाइजो कारण श्रीमतीको हत्या

बुटवल ।

अर्घाखाँचीको मालारानीमा दाइजो थोरै ल्याएको विषयमा एक युवकले श्रीमतीको हत्या गरेका छन् ।

मालारानी गाउँपालिका-२ डाँडाकटेरीका कमल भुसालले आफ्नी श्रीमती २३ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेका हुन् । दुई वर्षअघि रूपन्देहीको सैनामैना ४ कि सरूसँग मागी विवाह गरेका कमलले विवाहको केही समयपछि नै दाइजोको विषयमा श्रीमतीलाई तनाव दिने गरेको स्थानीय बुद्विराम खत्रीले बताए ।

‘दाइजोको विषयमा पटक -पटक श्रीमानले पीडा दिएको कुरा सरूले बताएकी थिइन्, हत्याको मूल कारण यहीँबाट हुनुपर्छ, अनुसन्धानमा खुल्ला, विवाहको केही समयपछि नै विवाद सुरू भएको थियो,’ उनले भने । सरू र कमलको एक वर्षको छोरा छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले श्रीमतीको हत्या गर्ने कमललाई पक्राउ गरिसकेको छ ।

शुक्रबार दिउँसोको सोही ठाउँमा रहेको शाहीटोलको जंगलमा घाँस काट्न गएकी श्रीमतीलाई गम्छाले घाँटी थिचेर हत्या गरेको कमलले प्रहरीलाई जनाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनले श्रीमती हत्या गरी सेउलाले ढाकछोप गरेर फालेका थिए ।

रेडियो कन्चनले जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार