१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएपछि अर्घाखाँचीमा खुसीयाली

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ पोखराथोकमा जन्मिएकी पुष्पा भुसाल गौतम प्रतिनिधिसभाको उपसभामुख जस्तो गरिमामय पदमा निर्वाचित भएकोमा गृह जिल्लामा खुसीयाली छाएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं संघीय संसदीय दल सचेतक भुसाल प्रभावशाली नेता हुन ।

देशका उच्च पदमा अर्घाखाँचीका नेताहरु पुगिरहेको बेला गरिमामय उपभामुख पदमा भुसाल निर्वाचित भएपछि गृह जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ता सहित आमसर्वसाधारण हर्षित भएका छन् । सामाजिक सञ्जालमा बधाई दिनको ओइरो लागेको छ ।

भुसाल २०६४ को पहिलो संविधानसभा चुनावमा तत्कालिन अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट सांसदमा निर्वाचित भएकी थिइन । संविधान निर्माणमा उल्लेख्य भुमिका निर्वाह गरेकी भुसालले पछिल्लो समय समानुपातिक संघीय सांसद बनेकी थिइन । त्यसपछि कांग्रेस संसदीय दलको सचेतकको जिम्मेवारी कुुशलतापूर्वक निर्वाह गर्दै आएकी भुसाल प्रभावशाली महिला नेतृ हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार