९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

मुल्यवृद्धि गरेको भन्दै विरोध शुरु

अर्घाखाँची ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ अर्घाखाँचीले दररेट वृद्धि गरेको छ । मुल्यवृद्धि गरेको सुचि सार्वजनिक भएसँगै विरोध शुरु भएको छ । विकसित सहर बुटबल, काठमाडौंमा समेत अर्घाखाँचीको जस्तो महंगो दररेट नभएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका छन् ।

कतिपयले त बिदेशी होटलको सुबिधा शीत तुलना गरेका ब्याङ्गात्मक टिप्पणी समेत गरेका छन । व्यवसायीसंघले सरोकारवाला निकायसँग छलफल नगरी मुल्य वृद्धि गरेको पाईएको छ । होटल व्यवसायी संघले दूध चिया ३०, कालो चिया २०, दुध कफि ७०, कालो कफि ५०, दुध ६०, दही ६०, छोले पुरी जेरि १२०, छोले समोसा ८०, साधा खाना २००, चिकेन खाना ३५०, मटन खाना ४००, चिकेन रोष्ट ३००, चिकेन चिल्ली ३५०, चिकेन खाजा सेट ३००, खसिको भुटुवा ३००, मटन ग्रेबी खाजा सेट ३५०, मटन फ्राई रोष्ट ४००, हेंकुलो फ्राई ४५०, दाल फ्राई १००, पनिर ३००, भेज मःम १००, चिकेन मःम १२०, मटन मःम २५०, भेज चाउमिन हाफ ५०, अण्डा चाउमिन हाप ८०, चिकेन चाउमिन १५०, मटन चाउमिन २००, मिक्स चाउमिन २५० दररेट कायम भएको व्यवसायी संघले जनाएको छ ।

वृद्धि भएको मुल्यको सुचि सहयोगी विसीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उल्लेखित दररेटको बिषयमा सरोकार वाला हरुको ध्यानाकर्षण हुनुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार