२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

बाँगीको तिजुकाचौर र तल्लो तिमिलेमा बाँदर द्धारा मकैबाली क्षती

केशव पन्थी , अर्घाखाँची ।

मालारानी गाँउपालीकाको वडा नम्बर ५ को तिजुकाचौर र तल्लो तिमिलेमा बाँदरले भर्खर फल्न थालेका मकैमा क्षति पुर्याएको छ ।
२०,२५ वटाको सङख्यामा रहेको बादँरको हुल मकै बारीमा पसेर भर्खर फल्न थालेको मकै भाचिदिन थालेपछि त्यो क्षेत्रका किसान हरेक दिन बिहानै देखी बाँदर धपाउन मकै बारीमा जान बाध्य छन ।
गत बर्ष पनि बादरले त्यस क्षेत्रका मकैमा क्षती गरेको थियो ।

जोत्दा देखि , खन्ने , भाच्ने समय सम्म ज्याला दिएर खेताला मार्फत खेति गर्दा फाइदा नहुने भएपनी किसानले परम्परागत रुपमा गरिदै आएको मकै खेतिलाइ निरन्तरता दिदै आएका छन ।गत बर्ष बादरले मकै बारीमा क्षति गरेपछी यो बर्ष वडा वा पालिकाबाट बादर छेक्नको लागि केही भए पनि आर्थिक सहयोग पाउने आसा गरेका किसान कुनै पनि सहयोग नमिलेपछि निरास संगै आक्रोसित बनेका छन ।

बादर लखेटनको लागि गाउँभरका मानिस जम्मा भएर लखेटे पनि जङ्गल नजिकै भएकोले बादरलाई जङ्गलबाट निकाल्न समस्या भएको र जसोतसो लखेटे पनि बादर फेरि फर्किएर आउने गर्दा अहिलेको मकै भित्राउन सक्ने आसा हराउदै गएको स्थानिय दधिराम पन्थीले बताउनु भएको छ ।यसैबिच मालारानी गाउँपालिका वडा नं ५ ले किसानको बालि संरक्षण गर्न बादर हेरालुको लागी १ लाख रुपैया बिनियोजन गरेको छ ।तर तिजुकाचौर र तल्लो तिमिलेमा त्यो बिनियोजन गरेको रकम अहिलेलाइ उपलब्ध गराउन नसक्ने जनप्रतिनिधिले बताएका स्थानियले बताएका छन ।

गत बर्षमा जहाँ जहाँ दिइदै आइएको थियो त्यही ठाउँमा मात्र दिइने वडाले जनाएको छ । सम्बन्धित निकायले समयमै यो क्षेत्रमा देखिएको समस्याको समाधान निकाल्न नसकेमा यो क्षेत्रको खेतीयोग्य जमिन बाझिने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार