२८ पुस २०८१, आइतवार
२८ पुस २०८१, आइतवार

कतारका नेपालीको चेतावनी : नागरिकता विधेयक पास भए फिजी र सिक्किमको नियति भोग्नुपर्छ

रामप्रसाद पराजुली, कतार ।
कतार नेपाली एकता समाजले नागरिकता विधेयक फिर्ता गर्न सरकारसँग माग गरेको छ । कतारबाट सरकारलाई ज्ञापन पत्र पठाउँदै एकता समाजले नागरिकता विधेयक पास भए नेपालले फिजी र सिक्किमको नियती भोग्नुपर्ने चेतावनी दिएको छ ।

कतारस्थित नेपाली राजदूत डा. नरेश विक्रम ढकालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको ज्ञापन पत्रमा एकता समाजले जन्मका आधारमा प्राप्त नागरिकता सर्वोच्च अदालतले खारेज गर्न दिएको आदेश कार्यान्वयन गर्न माग गरेको छ ।

नेपालमा कीर्ते नागरिकता आम रुपमा चलनचल्तीमा रहेको उल्लेख गर्दै समाजले ती नागरिकता छानबिन गरी खारेज गर्नुपर्नेमा सरकारले उल्टै खुकुलो नीति ल्याएर जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई बंशजको नागरिकता दिन खोजेको जनाएको छ ।

समाजले ज्ञापन पत्रमा भनेको छ, ‘यदि यी नागरिकताहरु ठीक ढंगले जाँचबुझ नगर्ने र वर्तमान विधेयक पारित गरी कानूनद्वारा सदर गर्ने हो भने लाखौं लाख विदेशीहरुले लिएको नागरिकता सदर हुने र उनका सन्तानले लाखौं लाख थप नागरिकता लिन पाउने छन् । सबै नेपालीका र बिशेष गरी तराईवासी नेपालीहरुका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारहरु खोसिने छन । बिशेष गरी भारतबाट नेपालमा जनसंख्याको तीव्र अतिक्रमण हुनेछ र नेपालले फिजी र सिक्किमको दुर्दशा भोग्नु पर्नेछ।’

कतार नेपाली एकता समाजका अध्यक्ष विष्णु थापा क्षेत्री र महासचिव खिमबहादुर बुढाको हस्ताक्षरमा पठाएइको ज्ञापन पत्रका अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गैरनेपालीले लिएका नागरिकताका कीर्ते प्रमाणपत्र र सर्वोच्च अदालतले बदर गरेका नागरिकताहरुलाई व्यवहारिक रुपमै रद्द गर्न माग गरिएको छ।

 

नेपाली राजदूतसँग अन्तरक्रिया
कतारसस्थित नेपाली राजदूतावासमा ज्ञापन पत्र बुझाउन गएको एकता समाजको प्रतिनिधिमण्डलले राजदूत डा. नरेश विक्रम ढकालसँग अन्तरक्रियासमेत गरेको । लामो समयसम्म रिक्त रहेको दूतावासमा ढकाल केही दिनअघि मात्र पदबहाली हुनुभएको हो ।

समाजका अध्यक्ष विष्णु थापा क्षेत्रीको नेतृत्वमा गएको एकता समाजले राजदूतसँग परिचयात्मक कार्यक्रम गरेको हो ।
कार्यक्रममा राजदूत ढकाल, द्वितीय सचीव प्रवीण भट्टराई र दूतावासका अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिती थियो ।

यस्तै, एकता समाजका अध्यक्ष क्षेत्री, महासचिव खिमबहादुर बुढा, सचिव राम प्रसाद पराजुली, कोषाध्यक्ष लक्ष्मण कोइराला, महिला विभाग संयोजक तथा केन्द्रीय सदस्य जानुका बस्नेत, केन्द्रीय सदस्यहरु खगेश्वर भुसाल, मिनराज पुन, कमल आचार्य, वैकल्पिक केन्द्रीय सदस्यहरु हिरा पौडेल शर्मा, उद्धव मगर, राष्ट्रिय परिषद सदस्य चेतन बन्जाडे, विमल भुसाल लगायत पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष थापाले कतारमा हुँदै गरेको फिफा वर्ल्ड कप सम्पन्न गर्न सबै नेपालीको जिम्मेवारी रहेको भन्दै समाजले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । साथै कतारमा रहेका नेपालीहरुको समस्याबारे दूतावास गम्भीर बन्न पनि आग्रह गर्नुभयो ।

जवाफमा राजदूत ढकालले कतार नेपाली एकता समाजले उठाएका प्रश्नहरु जायज र समाजमुखी रहेको हुँदा नेपालीहरुका लागि नियोगबाट प्रदान गरिने सम्पुर्ण सेवा सुविधाहरुमा थप सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार