१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

प्रेस चौतारि नेपाल अर्घाखाँचीले आयोजना गरेको ३ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

कमला परियार, अघर्मखाँची ।

प्रेस चौतारि नेपाल अर्घाखाँचीले आयोजना गरेको ३ दिने आधारभुत पत्रकारिता तालिम सनिवार सम्पन्न भएको छ ।

नेकपा एमाले लुम्विनी प्रदेश कमिटि सचिवालय सदस्य तथा लुम्विनी प्रदेश सभासद रामजी प्रसाद घिमिरेले समापन समारोहमा बोल्दै राज्यका महत्वपुर्ण निकायलाई पनि सुसुचित गर्ने माध्यम पत्रकारिता भएको विशिष्ट र गर्भिलो पेशा पत्रकारिता रहेको बताएका छ्न । कार्यक्रमका प्रमुख अथिति घिमिरेले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्दै समाजलाई यथार्थ सुचना दिन सक्षम जनशक्ति उत्पादन हुनेमा आफु बिश्वस्त रहेको बताएका हुन । नेता घिमिरेले पत्रकार रवि लामिछानेको उदाहरण दिदै इच्छाशक्ति लगनशील अध्यनले रवि भन्दा अगाडि बढ्न नवपत्रकार लाई आग्रह गरेका थिए ।

सहभागिहरुले पनि तालिम प्रभावकारि भएको भन्दै आफुहरुले प्राप्त गरेको ज्ञान सहि तरिकाले आवस्यक ठाउँमा प्रयोग गर्ने भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए । सहभागिहरु ५३ जना नवपत्रकार लाई टीका लगाइ प्रमाणपत्र वितरण गरिएको थियो ।

समापन समारोहमा प्रेस चौतारि नेपाल केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष गणेश खनाल, प्रेस चौतारि नेपाल लुम्विनी प्रदेश अध्यक्ष शोभाखर पन्थी , प्रेस चौतारि नेपाल अर्घाखाँची शाखाका ईन्चार्ज हिम जि.सि. (लेकाली) , नेकपा एमाले लुम्विनी प्रदेश प्रचार विभाग सदस्य नविन के.सि. लगायत प्रेस चौतारि नेपाल जिल्ला शाखा अर्घाखाँचीका पदाधिकारि तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रेस चौतारि नेपाल अर्घाखाँचीका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव माधव बेल्वासेले गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार