२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

उद्योग  वाणिज्य संघले मुल्य समाेयाजन गर्ने

गणेश खनाल,अर्घाखाँची ।

बजारमा व्यापारी उधाेगीले आफू खुसि मूल्य बृद्वि गरेपछि उद्योग  वाणिज्य सघले पहल गरि मुल्य समाेयाजन गर्ने भएकाे छ । समायाेजन भएकाे मूल्य १ हप्ता भित्रमा लागू गर्ने गरि हाललाइ पुरानै दररेटमा काराेवार गर्ने निर्णय गरेकाे छ ।
खरिदकाे आधारमा,नेपाल सरकारका सम्बन्धित निकायले गरेकाे ऐन नियमलाइ आधार मानि मूल्य समायोजन गरिएकाे उधाेग वाणिज्य सघ अर्घाखाँचीले जनाएकाे छ ।

हाेटल व्यवसायी सहित केही व्यवसायीले केही दिन अगाडि मूल्य बृद्वि गरेकाे थियाे । अन्य व्यवसायीले गरेकाे मुल्यबारे सम्बन्धित व्यवसायीका सस्थासग समन्वय गरि केही दिनमा मूल्य समायाेजन गरिने अध्यक्ष प्रदिप मिश्रले जानकारी दिनुभयाे ।
अर्घाखाँची पहिलाे पटक बजारमा भएकाे मूल्य बृद्विलाइ ध्यान दिई उपभोक्ताकाे हितमा ध्यान राखी मूल्य समायाेजनमा ध्यान दिएकाेमा जिल्ला वासिले उच्च मुल्यांकन गरेकाे बताइएकाे छ ।
उधाेग वाणिज्य सघ अर्घाखाँचीकाे आयाेजनमा भएकाे सर्वपक्षीय भेलामा बाेल्दै सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले अनिवार्य रूपमा मूल्य सुचि देखिने गरि पसलहरूमा राख्न व्यवसायीलाई निर्देशन दिनुभयाे ।

सस्ताे र गुणस्तरीयमा प्रतिस्पर्धा गरि व्यवसायलाई सफलता तर्फ लग्दै कानुन विपरित क्रियाकलाप नगर्न सबैलाई आग्रह गर्नुभयाे ।
कानुन विपरीत गर्ने व्यवसायीलाई कसैले बचाउने नसक्ने बताउदै नगर प्रमुख श्रेष्ठले आफनाे साख जाेगाइ व्यवसाय गर्न अाग्रह गर्नुभयाे ।
उपप्रमुख मिश्रा आर्चायले उपभोक्ताकाे हितलाइ ध्यानमा राखि अगाडि बढ्न आग्रह गर्नुभयाे ।
बैठकमा जिल्लामा रहेका विभिन्न व्यवसायी सस्था तथा नेपाल पत्रकार महासघका अध्यक्ष अशाेक खनाल लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

उधाेग वाणिज्य सघका अध्यक्ष प्रदिप मिश्र,महासचिव तुल्सिराम खनालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार