७ बैशाख २०८२, आइतवार
७ बैशाख २०८२, आइतवार

अर्घाखाँची बन्दको प्रभाव , दुई जना पक्राउ

लक्ष्मण घिमिरे , अर्घाखाँची । अर्घाखाँची सदरमुकाम सन्धिखर्क तथा आसपासका क्षेत्रमा बन्दको प्रभाव देखिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहित ४ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव अर्घाखाँचीमा पनि देखिएको हो । गाउँघरमा त्यती प्रभाव नभएपनी सदरमुकाम आसपास क्षेत्रमा सवारी साधनहरु चलेका छैनन् भने पसलहरु बन्द छन् ।

मालारानीको खनदह बजार, शितगंगाको ठाडा बजार लगायतका बजारमा पनि आंशिक प्रभाव परेको छ । सडकमा छिटफुट निजी सवारी साधनहरु चलेपनी लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन भने चलेका छैनन् । विद्यालय र क्याम्पसहरुको पठनपाठन पुर्ण रुपमा प्रभावित भएको छ ।

बन्दकर्ता कतै नदेखिए पनि पुर्व सुचना अनुसार बजार क्षेत्र ठप्प जस्तै छ । अहिलेसम्म जिल्लामा कुनै अवाञ्छित गतिविधी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कृष्ण घिमिरेले जानकारी दिए । बन्द गर्न दवाब दिदैं हिंड्ने २ जनालाई बिहान पक्राउ गरिएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

ट्रेन्डिङ

ताजा समाचार