२९ पुस २०८१, सोमवार
२९ पुस २०८१, सोमवार

प्रेम बन्जाडेप्रति अन्तिम श्रद्धाञ्जली

हृदय भुसाल , अर्घाखाँची ।

जन्डिस रोगको उपचार गरिरहनु भएका युवा ब्याक्तित्व प्रेम बन्जाडेको अचानक मगलबार बुटवलमा निधन भएको छ । अर्घाखाँची जिल्ला भुनपा ३ निवासी सामाजिक तथा राजनीतिक ब्यक्तित्व प्रेम बन्जाडेको सन्धिकर्कको गच्छे घाटमा अन्तिम दास सस्कार तथा श्रद्धाञ्जली गरिएको छ । नेकपा (एकीकृत समाजबादी) निकट युवा संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका बन्जाडे ३७ बर्षको अल्पआयुमै निधन भएको हो ।

नेकपा एकीकृत समाजबादीका अर्घाखाँचीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले पार्टीको झन्डा ओढाई अन्तिम श्रद्धाञ्जली प्रकट गर्नु भएको थियो ।अध्यक्ष चौहानले श्रद्धाञ्जली दिदै बन्जाडेको असमायिक निधनले पार्टी र समाजलाई ठुलो क्षती पुगेको भन्दै शोकलाई शक्तिमा बदलेर अगाडी बढ्नुपर्ने बताउनु भयो । अन्तिम श्रद्धाञ्जली कार्यक्रममा भुमिकास्थान नगरपालिका नगर प्रमुख झबिलाल थापा,उपप्रमुख बालकृष्ण बन्जाडे, भुनपा वाड अध्यक्षहरु गोपाल खनाल, कृष्ण बन्जाडे बाबुराम पन्थी,राजकुमार श्रेष्ठ,माओवादी केन्द्रका केन्द्रिय सदस्य ठाकुर बिक,जिल्ला संयोजक राजेन्द्र भुसाल,छ्मकुमारी खनाल,ठाकुर सौराग एमाले नेतृ बसन्ता पौडेल राजमो केन्द्रिय सदस्य सागर केशी लगायतका सामाजिक, तथा राजनैतिक ब्याक्तीत्वहरु ले अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नु भएको पत्रकार हृदय भुसालले जानकारी दिनुभयो । बुबा चेतनारायण बन्जाडे,आमा थमकला बन्जाडेको छोरा, राधिका बन्जाडेका श्रीमान सामाजिक कार्यमा अग्रसर ब्यक्तित्व प्रेम बन्जाडेको निधनले जिल्ला नै स्तब्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार