२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

शितगंगा नगरपालिकाले थाल्यो मुख्य बजार अनुगमन

झनक के.सि. , अर्घाखाँची ।
अर्घाखाँचीको शितगङ्गा नगरपालिकाले पालिका भित्रको मुख्य बजार क्षेत्र बजार अनुगमन गरेको छ।

चाडपर्व नजिकिदैँ गर्दा पालिकाले विभिन्र पसलहरु अनुगमन गर्दा वडा नम्बर ४ मा पर्ने गोरुसिङ्गे सन्धिखर्क मुख्य सडक अन्तरगत चक्ला,भेडामारे,कोप्चिबास बजारका थोक बिक्रेता पसलहरूको लगायत होटलहरु अनुगमन गरेको हो ।

नगर उप-प्रमुख गिता भाटको नेतृत्वमा भएको अनुगमनमा घरेलु शाखा प्रमुख नगेन्द्र नेपाल,इलाका प्रहरी ठाडाका इन्चार्ज होम नाथ रेग्मी,राजस्व शाखा प्रमुख कमल पन्थी,,स्वास्थ शाखा प्रमुख दामोदर ढकाल,उद्योग बाणिज्य संघका उपाध्यक्ष अर्जुन बुडा मगर,पत्रकारहरुको टिमले ११ व्यवसायमा अनुगमन गरिएको हो ।

चार्ड पर्व नजिकिदै गर्दै गर्दा मसला, मैदा तेल,सुजि मिटमसला,इनामेल पेन्ट कुहिएका आलु,जस्ता बस्तुहरुमा म्याद गुज्रिएको भेट्टाएपछि नियन्त्रण गरिएको छ। दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर,मापदण्ड लगायतका विषयमा केन्द्रित रही बजार अनुगमन तथा निरीक्षण गरिएको नगरपालिकाले बताएको छ । साथै नगरपालिकाले अनुगमनको क्रममा म्याद गुज्रियका खाद्यबस्तुहरू ६ जनाले जरिमाना समेत बेहोर्नु परेको थियो। ८ ओटा पसलहरुमा म्याद गुज्रिएका खाद्यबस्तुहरू रु-१८,२६५ (अठार हजार दुईसय पैसट्ठी रुपैया) रकम बराबरको खाद्यबस्तुहरू नियन्त्रणमा लिई नष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार