२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

शिक्षक तथा लेखक क्षेत्रीको पुस्तक “स्मृतिका पानाहरु” विमोचन

हरि कुँवर , अर्घाखाँची ।

शिक्षक तथा लेखक नरेन्द्र कुमार क्षेत्रीको पुस्तक “स्मृतिका पानाहरु”विमोचन गरिएको छ ।

साथी होटल सन्धिखर्कमा सनिवार आयोजित एक कार्यक्रमका बीच क्षेत्रीले उक्त कृति सार्वजनिक गरेका हुन् ।

संस्मरणात्मक कृति छेत्रीका दिवांगत आमा अम्बिका क्षेत्री र बुबा दिपबहादुर क्षेत्री प्रती समर्पण गरिएको “स्मृतिका पानाहरु” भित्र शैक्षिक गुणस्तरको सुधार तथा शिक्षक आन्दोलन, कम्युनिस्ट आन्दोलन एवं अनुशासित जीवन शैली अपनाउन प्रेरित गरेको छ ।

विमोचन कार्यक्रमा नेकपा एमाले अर्घाखाँची जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का , नेकपा एमाले अर्घाखाँची जिल्ला अध्यक्ष पिताम्बर भुसाल , नवनिर्वाचित प्रदेश सांसद रामजी प्रसाद घिमिरे मालारानी गाउँपालिका तत्कालीन अध्यक्ष बालकृष्ण आचार्य , सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ ,मालारानी गाउँपालिका तत्कालीन उपाध्यक्ष पर्मिला क्षेत्री , युवा नेता प्रेमनारायण गैरे लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार