गणेश खनाल , अर्घाखाँची ।
स्वगिय प्रकाश महतकाे सम्झाना नेपाल खेदकुद महासघ केन्द्रीय समितिले छाेराछाेरीकाे नाममा १० लाखकाे अक्षयकाेष स्थापना गर्ने जनाएकाे छ ।
महासघकाे केन्द्रीय महाधिवेशनमा विराटनगरमा सहभागी हुदा माेटरसाइकल दुर्घटना हुदाँ फागुन ७ गते मृत्यु भएकाे थियोे ।
शाेक सभामा मन्तव्य राख्दै नेकपा एमाले केन्द्रीय सचिव टाेपबहादुर रायमाझी प्रकाश महतकाे मृत्युले केन्द्र देखि गाउँ पार्टी सम्मलाई गम्भिर बनाएकाे बताउनुभयाे । पार्टीले परिवारकाे लागि अभिभाविक जिम्मेवारी पूरा गर्ने बताउनुभयाे ।
नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभत्त ढकालले पीडा साट्नकाे लागि आफुहरू अर्घाखाँची आएकाे बताउनुभयाे । जनवर्गिय सगठनका इन्चार्ज ढकालले दुर्घटना भएपछि पार्टीको तर्फबाट उपचारकाे लागि कुनै कमि नराख्दा पनि बचाउन नसक्नु दुखद भएकाे बताउनुभयाे । प्रकासकाे सम्झाना अक्षयकाेष स्थापना गरेकाे र सधै एमाले सम्झेरहिरहने काम गर्ने बताउनुभयाे ।
खेदकुद महासघकाे पहिलाे सहिद घाेषण गरेकाे बताउदै प्रकाशकाे सम्झाना प्रत्येक वर्ष खेलकुल प्रतियोगिता गर्ने निर्णय गरेकाे उहाँले बताउनुभयाे ।
पाेलिटव्युराे सदस्य तथा प्रतिनिधिसभा सदस्य सुर्य थापाले स्वर्गिय प्रकाशले पार्टीमा दिएकाे याेगदानलाई उच्च सम्मान गरिने बताउनुभयाे ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज चेतनारायण आर्चायले भाैतिक हिसाब प्रकासकाे क्षती पुर्ति त गर्न सत्तैनाै तर अन्य कुनै हिसावले अभाव हुन नदिने प्रतिवद्वता जाहेर गर्नुभयाे । एक अथक याेद्वालाइ गुमाउदाँ पार्टीलाई ठुलाे क्षति पुगेकाे आर्चायकाे भनाइ रहेकाे छ ।
नेपाल खेदकुद महासघका केन्द्रीय अध्यक्ष प्रसुराम बस्नेतले शहिद महतकाे परिवारकाे साथ सगठनकाे जीवन रहुन्जेल सम्म स्मरण गर्नेगरि काम गर्ने बताउनुभयाे ।
शाेक सभाकाे सञ्चालन एमाले कार्यालय सचिव लिलबहादुर विककाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।