नेकपा एमालेको मिसन ग्रासरुट शितगङ्गामा सम्पन्न

झनक केसि, अर्घाखाँची ।

मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) अन्तर्गत नेकपा (एमाले) शितगङ्गा नगरपालिका कमिटीको आयोजनामा पालिका तहमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ।

अभिमुखीकरण कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय पोलिटब्यूरो सदस्य बिमला घिमिरेको प्रमुख आतिथ्यतामा आज ठाडा दह सामुदायिक भवनमा अभिमुखिकरण कार्यक्रममा शितगंगामा सम्पन्न भएकाे छ। बिशिस्ट कार्यक्रममा एमाले प्रदेश सदस्य कुट्मदिन अलि,प्रकास ज्ञवाली,इश्बरी पोख्रेल,हरि कृष्ण गौतम,मोतिराज गौतम,शितगङ्गा नगर इञ्चार्ज ओपी पाण्डे, सह-इञ्चार्ज गिता भाट,ऋषि रेस्मी,जिल्ला सदस्यहरु,नगरकमिटी सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै माननीय चेतनारायण आचार्यले पार्टिलाई एक ढिक्का बनाउन आजै देखि तयारीमा लाग्न जरुरी छ।पार्टिको सदस्य सुल्क तिरेर भोट सुर्य चिन्ह बाहेर अर्को चिन्हमा हाल्नेलाई पार्टिको चिन्ता हुदैन अब मिसन ग्रासरुट घरदैलोमै पुगेर पार्टीलाई बलियो बनाएर लैजानु पर्ने जिम्मेवारी थपिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय पोलिट ब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह इञ्चार्ज बिमला घिमिरेले एमाले पार्टीको चुनौतीको रुपमा रहेको र साङ्गठनिक अराजकताको अन्त्यका लागि मिसन ग्रासरुट अभियान देशभर सञ्चालन गरिएको बताउनुभयो । तेस्तै
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले ग्रासरुट अभियान मार्फत जनताको घरदैलोमा पुगेर एमालेले सरकारमा रहँदा गरेका राम्रा कामहरुको प्रचार प्रसार गर्न मिति तय समेत गरि ग्रासरुटको कार्यक्रम प्रत्येक वडा तथा टोलोलमा पुग्न र हरेक कृयाकलापको रिपोर्टिङ गर्न अनुरोध गर्नु भएको थियो।

शितगङ्गा नगर कमिटी अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षता,उपाध्यक्ष सञ्जय रानाको स्वागत मन्तव्य सचिव ऋषि घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

मिसन ग्रासरुट अभियान अभिमुखिकरण कार्यक्रम तथा बैठकले फागुन २९ गते वडा तहको अभिमुखीकरण गर्ने गरि पालिका वडा र टोल सम्मको २ महिने कार्ययोजना निर्माण तथा कार्यबिभाजन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार