१९ असोज २०८१, शनिबार
१९ असोज २०८१, शनिबार

प्रचण्ड बिदेशी शक्तिकेन्द्रको मतियार बन्नु भयो : बिमला घिमिरे

शोभाखर पन्थी,अर्घाखाँची ।

नेकपा एमालेका पोलिट व्यूरो सदस्य बिमला घिमिरेले प्रधानमन्त्री प्रचण्ड बिदेशी शक्ति केन्द्रको मतियार भएको बताउनुभएको छ ।
नेकपा एमाले सन्धिखर्क १ नं. वडा कमिटी द्वारा सन्धिखर्कमा आयोजित मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार )अभियानको अभिमुखिकरण कार्यक्रममा मन्तव्य राख्दै उहाँले पौष- १० मा आफैंले गरेको सहमति लत्याएर प्रधानमन्त्री प्रचण्डले बिदेशी शक्ति केन्द्रको निर्देशनमा प्रतिक्रियावादी सामु आत्मसमर्पण गरेको बताउनुभयो ।

माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड रायमाझी पथमा बिलिन भएको भन्दै उहाँले नेकपा एमालेले जतिसुकै माया गरेपनि प्रचण्ड बामपंथी एकतामा अडिन नसक्ने वताउनुभय‍ो । पार्टी बिभाजनको बखत धेरै साथीहरूलाई प्रधानमन्त्री दिएको भए प्रचण्ड कांग्रेसको मोर्चामा जाने थिएनन् भन्ने भ्रम परेको थियो भन्दै उहाँले अहिले प्रचण्डले देखाएको व्यवहारले सबै भ्रम मुक्त भएको बताउनुभयो ।
राष्ट्रपति निर्वाचन मुलुकको स्वाभिमान र राष्ट्रियता सँग जोडिएको भन्दै उहाँले दलगत स्वार्थ र बिचार भन्दा माथि उठेर राष्ट्रभक्त नेपालीहरुले मतदान गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।

नेकपा एमाले वडा कमिटीका अध्यक्ष नारायण बि.सी.को अध्यक्षता,सचिव लेखनाथ भुसालको संचालन र उपसचिव सुनिता श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य दलबहादुर भट्टराई ,जिल्ला कार्यालय सचिव लिलबहादुर बि.क.,सन्धिखर्क नगरकमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,जिल्ला कमिटी सदस्य हिमबहादुर जि.सी. लेकाली,विष्णु परियार ,शुष्मा श्रेष्ठ ,युवानेता मित्रमणी मिश्र लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।


यसैगरी वडा नं.-५ मा आयोजित अभिमुखिकरण कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य ध्रुव कुमार पाण्डे ,प्रदेश कमिटीका सल्लाहकार ढुण्डीराज अधिकारी ,सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल ,जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य ,कमला खनाल भण्डारी ,जिल्ला सल्लाहकार सदस्य कृष्णप्रसाद भुसाल ,नगर कमिटीका सचिव कुशल भुसाल ,सचिवालय सदस्य कृष्णबहादुर अधिकारी ,नगर कमिटी सदस्य शिबलाल भुसाल ,घनश्याम पाण्डे लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वडा कमिटीका अध्यक्ष डिलाराम बन्जाडेको अध्यक्षता र उपाध्यक्ष सुरेन्द्र अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

यसैगरी आजै वडा नं.-९ को अर्घामा पनि वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा कमिटीका अध्यक्ष तुल्सीराम रायमाझीको अध्यक्षता ,उपाध्यक्ष विष्णुप्रसाद आचार्यको स्वागत मन्तव्य र सचिव बसन्त के.सी.को संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य जिवलाल घिमिरे ,जिल्ला कमिटीका उपसचिव शम्भुप्रसाद पोख्रेल ,जिल्ला कमिटीका सदस्य लक्ष्मी नारायण चुँदाली, राजेन्द्र जि.सी.,नगर कमिटीका उपसचिव लक्ष्मण पराजुली ,वडाअध्यक्ष पदम भुसाल ,मेनुका पौडेल ,नारायण बहादुर रायमाझी ,मेष बहादुर कार्की ,जित बहादुर बि.क. लगायतले मन्तव्य राख्नु भएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार