१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

१२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भूमिकास्थान नगरपालिका लाई

घनश्याम पौडेल
अर्घाखाँची, १७ फागुन । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा भएको १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भूमिकास्थान नगरपालिकाले जितेको छ । ११ स्वर्ण अंक सहित भुमिकास्थानले शिल्ड जित्न सफल हुदाँ ९ अंक ल्याई सन्धिखर्कले द्धितिय स्थान भएको छ ।

६ स्वर्ण अंक सहित शितगंगा नगरपालिका तृतिय भएको छ । ६ वटै स्थानिय पालिबाट सहभागी भएतापनि प्रथम, द्धितिय र तृतिय तिन नगरपालिकाले हात पारेका छन् । भलिवल खेलमा फर्जी खेलाडी विवादले प्रतियोगिता करिव दुई दिन अवरुद्द भएको खेल आज सकिएको हो । फर्जी खेलाडी मिसाएको पुष्टि भएपछि ११ अंक सहित भूमिकास्थान भलिवल खेलबाट बाहिरिए पनि १७ पदक भुमिकास्थानले जित्दै प्रथम बनेको हो ।

सन्धिखर्कका तिन पदक खोसिएकोमा ८०० मिटर दौड र १५ सय मिटर दौड गरि दुई खेलमा दोस्रो भएको शितगंगाको खातामा जाँदा शितगंगाले यी दुई सहित ६ अंक प्राप्त गरेको छ । जिल्लामा उत्कृष्ट भएका खेलाडीहरु प्रदेश स्तरीय रनिङशिल्डमा सहभागी बन्ने जिल्ला खेलकुद विकास समिती अर्घाखाँचीले जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार