२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

जनताको कुरा सुन्न एमाले “मिसन ग्रासरुट” लिएर जनताको घरदैलोमा आएको छ : डा. राजन भट्टराई

कपिलवस्तु ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले जनताको कुरा र समस्याहरू सुनन्न नेकपा एमाले जनताको घरदैलोमा आएको बताएका छन् ।

विगतमा नेताका कुरा जनताले सुन्ने गरेको भए पनि अहिले जनताको कुरा सुन्न एमाले ‘मिसन ग्रासरुट’ अभियान लिएर टोल–टोलमा र घर–घरमा आएको उनको भनाइ छ ।

‘विगतमा नेताका कुरा जनताले सुन्ने गरेका थिए, यस पटक जनताको कुरा सुन्न नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान लिएको तपाइँहरूको घरदैलोमा आएको छ,’ पार्टीले सञ्चालन गरिरहेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’अन्र्तगत आज बिहीबार कपिलवस्तु नगरपालिकाको नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो अभियानमार्फत जनताका समस्या जनताकै घर आँगनम हामी सुन्नेछौँ र समाधानका लागि पार्टीका तर्फबाट कार्ययोजना नै बनाएर अघि बढ्नेछौँ ।’

 

डा. भट्टराईले पार्टीभित्रका नयाँ पुस्तालाई नेतृत्व स्थापित गर्ने अभियानका रूपमा समेत अभियान सञ्चालन भइरहेको जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले अभियानका क्रममा प्राप्त जनताका समस्यालाई पार्टीले एकीकृत योजनामार्फत समाधान खोज्ने बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य दधिराम न्यौपाने, केन्द्रीय सदस्यहरू भूमिश्वर ढकाल, मेनका पोख्रेल, सीता न्यौपाने, पशुपति दयाल मिश्रा, मोहमद हसन हलवाई, साजिदा सिद्धिकीको आतिथ्यता रहेको थियो ।

यसैगरी एमाले नेताहरू झविलाल पोख्रेल, कृष्ण पौडेल, दानबहादुर चौधरी, शान्तिदेवी चमार, भानुप्रकाश श्रेष्ठ, जञ्जिर प्रसाद चौधरीलगायत नेता तथा कार्यकर्ताको आतिथ्यता रहेको अभिमुखीकरण कार्यक्रम नगर उपाध्यक्ष ओसिम मुसलवानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार