करिश्मा खनाल
अर्घाखाँची । आइतबार पाल्पामा भएको जिप दुर्घटनामा परि मृत्यु भएका पाँच जनाको शोकमा अर्घाखाँचीको पाणिनि गाउँपालिकाले मगलवार १ दिन शोक बिदा दिने भएको छ । लु १ च ९०२४ नम्बरको जिप दुर्घटना हुँदा मुत्यु हुने पाँचै जना अर्घाखाँची पाणिनि गाउँपालिकाका हुनुहुन्छ।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची पाणिनितर्फ आउँदै गरेको जिप आइतबार पाल्पामा दुर्घटनामा परी पाणिनिका ५ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा १० जना घाइते भएका थिए । उक्त घटनाले गाउँपालिका स्तब्ध र मर्माहत भएको भन्दै एक दिन बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानाकारी दिनुभयाे । गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालय एवं शिक्षण संस्थाहरुमा शोक बिदा दिने निर्णय भएको उल्लेख गरेका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा पाणिनि गाउँपालिका–१ पणेनाका ३७ वर्षीय कृष्णप्रसाद पोखरेल, पाणिनिकै चालक २६ वर्षीय रमेश विक, पोखराथोकका २५ वर्षीय सीता गौतम र २ वर्षीय संयोग गौतम रहेका छन् ।