समाजवादको पक्षमा कलम चलाउनु आजको अपरिहार्यता : सञ्जिव

 

अर्घाखाँची / नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य सञ्जीव सीले वर्तमान संकटको निकास बैज्ञानिक समाजवाद भएकोले समाजवादको पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका छन।जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशले सन्धिखर्कमा आयोजना गरेको ४ दिने आधारभुत पत्रकारिता तालिमको सोमबार उद्घाटन गर्दै पोलिटब्युरो सदस्य सञ्जीव सीले यस्तो आग्रह गरेका हुन।

अहिलेको संकटको अवस्थामा दलाल संसदीय व्यवस्था परिवर्तन गरी जनताको अवस्था परिवर्तन गर्ने बाटोमा लाग्नुपर्ने भन्दै नेकपा नेता सञ्जीवले देशमा वेरोजगारी समस्या बढेको, युवाहरू बिदेश पलाएन भएको र देश चरम आर्थिक संकटमा परेकोले यस्तो समस्या विद्यमान व्यवस्थाले निम्त्याएको दावी गरे।

उनले भने -“अरबका खाडी सुन्दर बनाउने नेपालीहरु हुन, देशको व्यापारमा ७ प्रतिशत निर्यात र ९३ प्रतिशत आयात छ, ६० लाख बेरोजगार युवा श्रमशक्ति बिदेश छ, मागेर देश चलाउनुपर्ने अवस्था छ,२१ खर्ब ६३ अर्ब वैदेशिक रिण छ , यसले के देखाउछ भने देश असफल र संकटग्रस्त भयो।”

देशको स्वाधीनता माथी समेत साम्राज्यवादी हस्तक्षेप बढेको भन्दै सबै रास्ट्रवादी, समाजवादी, कम्युनिस्ट , क्रान्तिकारीहरु एकताबद्ध हुने बेला आएको उनको भनाई थियो।

समाजवादी मोर्चा नेपाल गठनले केहि नयाँ आशा पलाएको उल्लेख गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन समाजवादी मोर्चा बनेको जिकिर गर्दै नेता सञ्जीवले संसदीय व्यवस्था पुर्ण असफलसिद्द भएको दावी गर्दै समाजवादी क्रान्तिका लागि सत्य तथ्य समाचार लेखेर समाजलाई नयाँ प्रणाली र सभ्यतातिर डोर्‍याउन सञ्चारकर्मीको जिम्मेवारी भएको समेत बताए।

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश संयोजक राजेन्द्र रावत क्षेत्रीको अध्यक्षतामा भएको आधारभूत पत्रकारिता तालिममा संगठनका केन्द्रिय अध्यक्ष शेरबहादुर बिश्वकर्मा,नेकपा प्युठान इन्चार्ज जागृती सी,नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , पत्रकार महासंघ अर्घाखाँचीका सभापति अशोक खनाल,नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य ,प्रेस चाैतारी नेपाल निर्वाचन आयाेगका अध्यक्ष गणेश खनाल प्रेस युनियनका सभापति , विरेन्द्र के सी, समाजबादी प्रेस सगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय कुमार भुसाल प्रगतिशिल पत्रकार सघका केन्द्रीय सचिव गोपाल प्रसाद भट्टराई, सञ्चारिका समुह जिल्ला सहयाेजक अम्विका श्रेष्ठ उद्योग वार्णिज्य महासंघ अर्घाखाँचीका महासचिव तुलसीराम खनाल, चेम्बर अफ कमर्शका अध्यक्ष अशोक कुमार श्रेष्ठले मन्तव्य दिदै आधारभूत पत्रकारिता तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए कार्यक्रम अनिल नेपालीकाे सञ्चालन सञ्चालन बिहानी मगरको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार