आगामी मौद्रिक नीतिको लागि राष्ट्र बैंकले लियो निजी क्षेत्रसँग सुझाव, धेरै अपेक्षा नगर्न गभर्नरको आग्रह

 नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि निजी क्षेत्रसँग सुझाव लिएको छ । बिहीबार मेरियट होटलमा एक कार्यक्रमको आयोजना गरी निजी क्षेत्रका उद्योगी व्यवसायीहरुसँग आगामी आर्थिक वर्ष २०८०/८१ का मौद्रिक नीतिका लागि सुझाव संकलन गरेको हो ।
छलफलका क्रममा व्यवसायीहरुले घरजग्गा, अटोलगायतको क्षेत्रको जोखिमभार १५०% बाट १००% झार्न माग गरेका छन् । साथै, अर्थतन्त्रको समग्र माग घटिरहेको र लगानीयोग्य पुँजीको लागत बढिरहेको अवस्थामा ब्याजदर करिडोर अन्तर्गतका दरहरु र बैंक दर घटाउनुपर्ने सुझाव दिएका छन् । व्यवसायीहरुले ‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ स्थगित गर्न माग गरेका छन् ।
व्यवसायीको माग सुनेका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा धेरै अपेक्षा नगर्न आग्रह गरेको छलफलमा सहभागी एक व्यवसायीले बताए । छलफल कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्धय डा. नीलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्र लगायत कार्यकारी निर्देशक सहभागी थिए । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ र बैंकर संघलगायतको उपस्थिती थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार