दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टेरियलले जित्यो ग्लोबल टी-२० क्यानडाको उपाधि

काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित टिम मोन्टेरियल टाइगर्सले ग्लोबल टी-२० क्यानडाको उपाधि जितेको छ । सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई पाँच विकेटले पराजित गर्दै टाइगर्सले उपाधि जितेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको जगुअर्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १३० रन बनाएको थियो । जगुअर्सले दिएको १३१ रनको लक्ष्य समान पाँच विकेट गुमाउँदै पूरा गरेपछि टाइगर्स च्याम्पियन बनेको हो ।

टाइगर्सको जितमा दीपेन्द्रले १७ बलमा एक चौकासहित १६ रन बनाउँदै रिटायर आउट भएका थिए । फाइनल खेलमा सन्दीप भने विकेटविहीन रहे ।

दीपेन्द्रले पहिलो पटक कुनै अन्तर्राष्ट्रिय लिग खेलेका थिए । अब दुवै खेलाडी नेपाल फर्किएर एसिया कपको तयारीमा जुट्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार