सीमा क्षेत्रमा आठ लाख रुपियाँ सहित दुई जना पक्राउ

बर्दिबास । नेपाल भारत सीमा क्षेत्रस्थित समसीबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको रुपैयाँसहित ओसारपसारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्रले ८ लाख दश हजार नेपाली रुपैयाँसहित समसी गाउँपालिका ३ का २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिकास्थित सहसौलाका ३२ वर्षीय अनिल चौधरीलाई पक्राउ गरेको हो । 

सशस्त्र प्रहरीका डिएसपी विकाश अधिकारीकाअनुसार बरामद भएका रुपैयाँमा एक हजार दरका ५२२ र पाँच सय दरका ४३६ थान तथा एक सय दरका ५२० र पचास दरका ३७८ छन् । प्रहरीले दुवै जनालाई समसी ५ स्थित सीमा नाकाबाट शुक्रवार नियन्त्रणमा लिएको हो । सीमापारिका भारतीय बजारबाट मधेस प्रदेश ०२–००६–प १६२१ नंको मोटरसाइकलबाट नेपालतर्फ आउँदै गर्दा चेकजाँच गर्ने क्रममा नोट फेला परेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार