सत्ता गठबन्धनले मिडियालाइ समेत दुरुपयोग गर्यो : पिताम्बर भुसाल

बिक्रम नेपाल , अर्घाखाँची ।

प्रेस चाैतारी जिल्ला शाखाकाे प्रथम बैठक सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसालले एमाले विरूद्व सत्ता गठबन्धन दलले मिडियालाइ समेत दुरुपयोग गरेकाे आराेप लगाउनुभयाे ।

प्रेस चाैतारी जिल्ला शाखाकाे प्रथम बैठकलाई सम्बाेधन गर्दै भुसालले एमाले संग एक्लै लड्ने तागत नभएर पाच दलकाे गठबन्धन गरे पनि फेरि एमालेले जित्ने आधार भएपछि गठबन्धन आतकित भइरहेकाे केही मिडिया सञ्चालकलाई प्रयाेग गरि मिडिया मार्फत अफवाह फैलाउने काम भइरहेकाे बताउनुभयाे । प्रेस चाैतारीका पत्रकारले तथ्यकाे आधारमा सत्य स्थापित गरि जनतालाइ सचेत बनाउन आग्रह गर्नुभयाे ।

जनता विना दलकाे गठबन्धनले एमाले अर्घाखाँचीलाई कुनै असर नपार्ने बताउदै एमालेका उम्मेदवार लाई विजय यात्रामा कसैले राेक्न नसक्ने बताउनुभयाे । अध्यक्ष भुसालले एमालेमा प्रवेशकाे लहर रहेकाे बताउदै अझै हजाराै प्रवेश गर्ने बताउनुभयाे ।
कार्यक्रम प्रेस चाैतारी केन्द्रीय निर्वाचन आयाेगका अध्यक्ष गणेश खनाल,लुम्बिनी प्रदेश अध्यक्ष शाेभाकर पन्थी,पार्टी फ्याक्सन इन्चार्ज हिम बहादुर जिसि,केन्द्रीय प्रतिनिधि नवीन केसी लगाएतले मन्तव्य राख्नुभएको थियाे ।

प्रेस चाैतारी जिल्ला अध्यक्ष वसन्त श्रेष्ठकाे अध्यक्ष,सचिव माधव बेल्वासेकाे सञ्चालनमा सम्पन्न बैठकले विभिन्न निर्णय समेत गरेकाे जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार