बागीखोला राताम्मे कुखुरा व्यवसायको फोहोर खोलामै

बागीखोला राताम्मे ः कुखुरा व्यवसायको फोहोर खोलामै
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–२ अन्तर्गत पर्ने बागीखोला क्षेत्रमा सञ्चालन हुँदै आएका बोईलर कुखुराको होलसेल व्यवसायबाट निस्कने फोहोर सिधै खोलामा मिसाइँदै आएको पाइएको छ । यसले वातावरणीय प्रदूषण बढ्दै गएको भन्दै स्थानीयवासीले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
स्थानीयका अनुसार कुखुरा काटेपछि निस्कने रगत, प्वाँख, आन्द्राभुँडी लगायत जैविक फोहोर उचित व्यवस्थापन नगरी बागीखोलामै बगाइँदै आएको छ । विशेषगरी बिहानको समयमा खोलाको पानी नै राताम्मे देखिने गरेको स्थानीयको भनाइ छ ।
“बिहानतिर खोलामा रगत बगेजस्तो देखिन्छ, पानी नै रातो हुन्छ । दुर्गन्धले वरपर बस्नै गाह्रो हुने अवस्था छ,” एक स्थानीयवासीले गुनासो गरे ।
खोलामा फोहोर मिसाउँदा पानी प्रदूषित हुनुका साथै दुर्गन्ध फैलिने, जलचर तथा जैविक विविधतिमा असर पुग्ने र खेतीपाती तथा पशुपालनमा समेत नकारात्मक प्रभाव परेको स्थानीयको भनाइ छ । बर्खायाममा यस्तो फोहोर थप फैलिने जोखिम रहेको उनीहरूको चिन्ता छ ।
स्थानीय केशव पन्थिका अनुसार खाद्यजन्य व्यवसाय सञ्चालन गर्दा वातावरणीय मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने भए पनि केही व्यवसायीले त्यसको बेवास्ता गरिरहेका छन् । उनीहरूले कुखुरा काट्ने स्थानमा व्यवस्थित फोहोर व्यवस्थापन प्रणाली निर्माण गर्न, फोहोर प्रशोधनको व्यवस्था गर्न तथा नियमित अनुगमनलाई कडाइ गर्न माग गरेका छन् ।
“व्यवसाय गर्न पाइन्छ, तर वातावरण र जनस्वास्थ्यलाई असर पर्ने गरी होइन । सिधै खोलामा फोहोर फाल्ने कार्य तत्काल रोक्नुपर्छ,” अर्का एक स्थानीयले बताए ।
रेले केही समयअघि निर्माण कम्पनीलाई सम्पर्कमा ल्याएर आंशिक काम गराउन सफल भए पनि पुनः विभिन्न बहाना बनाउँदै काम रोकिएको बताउनुभयो। उहाँका अनुसार पुलका दुवै तर्फ सडक निर्माण तथा फिनिसिङका महत्वपूर्ण काम अझै बाँकी छन्। करिब २६ करोड रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको थियो ।
निर्माण कम्पनीका ठेकेदार गणेश चन्द्रले विभिन्न प्राविधिक तथा अन्य समस्याका कारण समयमै काम सम्पन्न गर्न नसकिएको सामान्य प्रतिक्रिया दिनुभयो। स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर बाँकी काम छिट्टै पूरा गर्ने प्रतिबद्धता उहाँले टेलिफोन संवादमा व्यक्त गर्नुभयो ।
तर पटक–पटक काम सम्पन्न गर्ने आश्वासन पाएर निराश बनेका स्थानीयले यसपटक पनि ठेकेदारको प्रतिबद्धताप्रति विश्वास गर्न सकेका छैनन् । पुल निर्माण नहुँदा दैनिक आवतजावत कष्टकर बन्दै गएको छ। गाउँका बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल पु¥याउनसमेत कठिन हुने गरेको स्थानीयको गुनासो छ ।
शको राजधानीसँग जोड्ने महत्वपूर्ण पुल अलपत्र अवस्थामा पुगेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।
पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीले लामो दूरी घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। जोखिम मोलेर केही स्थानीय भने अधुरो पुल हुँदै आवतजावत गरिरहेका छन् । हिउँद याममा सवारीसाधन नदी हुँदै वारपार गराइने गरिएको भए पनि बर्खायाम सुरु भएसँगै नदीको बहाव बढ्दा आवतजावत पूर्ण रूपमा प्रभावित हुने गरेको छ ।
सितगंगा नगरपालिका–७ का वाड अध्यक्ष देविराम घिमिरेले केही समयअघि निर्माण कम्पनीलाई सम्पर्कमा ल्याएर आंशिक काम गराउन सफल भए पनि पुनः विभिन्न बहाना बनाउँदै काम रोकिएको बताउनुभयो। उहाँका अनुसार पुलका दुवै तर्फ सडक निर्माण तथा फिनिसिङका महत्वपूर्ण काम अझै बाँकी छन्। करिब २६ करोड रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको थियो ।
निर्माण कम्पनीका ठेकेदार गणेश चन्द्रले विभिन्न प्राविधिक तथा अन्य समस्याका कारण समयमै काम सम्पन्न गर्न नसकिएको सामान्य प्रतिक्रिया दिनुभयो। स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर बाँकी काम छिट्टै पूरा गर्ने प्रतिबद्धता उहाँले टेलिफोन संवादमा व्यक्त गर्नुभयो ।
तर पटक–पटक काम सम्पन्न गर्ने आश्वासन पाएर निराश बनेका स्थानीयले यसपटक पनि ठेकेदारको प्रतिबद्धताप्रति विश्वास गर्न सकेका छैनन् । पुल निर्माण नहुँदा दैनिक आवतजावत कष्टकर बन्दै गएको छ। गाउँका बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल पु¥याउनसमेत कठिन हुने गरेको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार