वर्षाले आईपिएल फाईनल सुरू हुन सकेन

(पटास) । वर्षाले आईपिएल फाईनल सुरू हुन सकेकाे छैन् । ७:४५ बाट सूरू हुनुपर्ने खेल बर्षाका कारण टस समेत हुन सकेकाे छैन् ।

यदि ९ : ३५ भित्र खेल सुरु भएमा ओभर घट्ने छैन । खेलको कट अफ टाइम १२: २१ हुँदा उक्त समय सम्म खेल सुरु भएमा ५-५ ओभरको हुनेछ । यदि उक्त समयमा पनि खेल हुन नसके सुपर ओभर हुनेछ । चेन्नई पाँचौं पटक र गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने सोचमा हुनेछन् ।

विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान धोनीको सम्भव त यो आइपिएल अन्तिम खेल हुने हुँदा चेन्नई उपाधिका साथ बिदा गर्न चाहन्छ । धोनीको उत्कृष्ट कप्तानी सामू गुजरातको परिक्षा हुनेछ ।

चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा भेट पक्का गरेको हो । आइपिएलमा चेन्नई र गुजरातबीच चार खेल भएका छन् । जसमा चेन्नई एक र गुजरात तीन खेलमा विजयी भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार