अर्घाखाँचीमा ट्याक्सीको नयाँ  भाडादर प्रस्ताव

गणेश खनाल
सन्धिखर्क । अर्घाखाँचीमा ट्याक्सीको नयाँ  भाडादर प्रस्ताव गरिएकाे छ । बुधवार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सम्पन्न सार्वजनिक सवारी ट्याक्सि भाडा सिफारिस समितिकाे बैठकले नया भाडादर कायम गरि मुल समितिमा सिफारिस गरेकाे हाे ।
समितिले जिल्लामा कालोपत्रे अर्थात पिच गरिएको सडकमा प्रति किलोमिटर ५० रुपैंया र कच्ची तथा ग्राभेल सडकमा प्रति किलोमिटर ६५ रुपैंया भाडादर कायम गरि जिल्ला स्तरिय भाडादर निर्धारण समिति समक्ष सिफारिस गर्ने निर्णय गरेसंगै मुल समितिकाे बैठक पश्यात नया भाडा कायम हुने जनाइएकाे छ ।
२०७० सालबाट अर्घाखाँचीमा ट्याक्सी सेवा सुरु भइ २०७५ सालमा सर्वपक्षिय बैठकबाट कायम भएको भाडादर हालसम्म हेरफेर हुन नसकेको र भाडा महगों भएको गुनासो आएपछि हिजो बैठक बसेर यस्तो सहमती कायम गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको अध्यक्षतामा राजनितिक दल,सुरक्षा निकाय,अर्घाखाँची ट्याक्सी व्यवसायी प्रा.लि.,लकां यातायात प्रा.लि.उद्योग वाणिज्य संघ,पत्रकार लगायत सरोकारवालाको उपस्थितिमा बैठक बसेको थियाे । बैठकले सिफारिस गरेको भाडालाई भाडा निर्धारण समितिले लागू हुनसाथ सन्धिखर्कबाट बुटवलको भाडा ५ हजार ७ सय कायम हुने छ ।
मुल समितिकाे बैठक अाैपचारिकता लागि बस्ने छ र समितिले सिफारिस गरेकाे भाडादर कायम हुन पक्कापक्कि जस्तै रहेकाे स्राेतकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार