नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश

दिपक भुसाल ,अर्घाखाँची ।

नेपाली कांग्रेस पार्टि परित्याग गरी तीन जना युवा नेकपा एमाले प्रवेश गरेका छन ।

नेपाली कांग्रेस पार्टि परित्याग गरि सन्धिखर्क नगरपालिका ५ वाङ्गलाका युवा पुष्कर भुसाल ,सन्जय भुसाल , राजु भुसाल नेकपा एमाले प्रवेश गरेका हुन । नवप्रवेशी युवालाई नेकपा एमाले का केन्द्रीय सदस्य तथा अर्घाखाँची प्रदेश सभा (क) का उम्मेदवार चेतनारायण आर्चायले खादा र अभिर लगाइ नेकपा एमालेमा स्वगत गरेको नेकपा एमाले वाङ्ग्लाले जनाएको छ |

नेकपा एमाले नवप्रवेशी युवाहरुले अब देशमा सम्पूर्ण उत्पीड़ित जनताहरुको हक अधिकारको सुनिश्चितता तथा समाजवादको आधार निर्माण गर्न सबै एमाले शक्तिहरु गोलबंद हुनुपर्ने ठहर गरेका छन् ।

जिल्लाभर मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुले भोट माग्न घरदैलो तथा भेटघाट अभियान संचालन गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार