नेपाली आकाशमा कालो बादल मडारिय‍ो: बिमला घिमिरे

शोभाखर पन्थी , अर्घाखाँची ।

नेकपा एमालेका पोलिट व्यूरो सदस्य बिमला घिमिरेले नेपाली आकाशमा कालो बादल मडारिएको बताउनुभएको छ ।

नेकपा एमाले सन्धिखर्क नगर कमिटी द्वारा सन्धिखर्कमा आयोजित मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार )अभियानको अभिमुखिकरण कार्यक्रममा मन्तव्य राख्दै उहाँले पौष- १० मा आफैंले गरेको सहमति लत्याएर प्रधानमन्त्री प्रचण्डले मुलुकमा अस्थिरता र अशान्तिको बिजारोपण गरेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूलाई छोडेर नेपाली कांग्रेस लगायतका दक्षिणपन्थी दलहरू संग मोर्चाबन्दी गर्नुका पछाडि गम्भीर षड्यन्त्र भएको भन्दै उहाँले आगामी दिनमा सबै कुराको रहस्य खुल्दै जाने बताउनुभयो । राष्ट्रिय सभाका सदस्य समेत रहनु भएका घिमिरेले निर्वाचनमा नेकपा एमालेको बहुमत नआएका कारण मुलुकमा बिकास र समृद्धिको यात्रा अबरुद्ध भएको गुनासो गर्नुभयो । चौतर्फी घेराबन्दीका बीच गत निर्वाचनमा नेकपा एमालेले लोकप्रिय पहिलो मत र सिट संख्याक‍ो हिसाबले थोरै कमले दोस्रो स्थान प्राप्त गरेको भन्दै अब हुने निर्वाचनमा नेकपा एमालेको पक्षमा बहुमत ल्याउने गरि पार्टी काममा जुट्नु पर्नेमा जोड दिनुभयो । बहुदलीय व्यवस्थामा जनताको फैसला सर्वोपरि हुने भन्दै घिमिरेले जनताको मन जितेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले घरघरमा गएर जनताको पिरमर्का बुझ्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले चुनावको मुखमा जनतालाई भेट्ने र अरु समयमा बेवास्ता गर्ने खराब संस्कारको सुरुवात भएको भन्दै पार्टीका शुभचिन्तक र जनताको घरघरमा पुगेर पार्टीका कुरा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमाले बाट निर्वाचित जनप्रतिनिधिहरु जनता प्रति उत्तरदायी हुनुपर्ने भन्दै परिणाम देखिने गरी जनसेवा र बिकास निर्माणको कामगर्न जनप्रतिनिधिलाई निर्देशन समेत दिनुभयो ।

नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता,सचिव कुशल भुसालको संचालन र उपसचिव लक्ष्मण पराजुलीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य दलबहादुर भट्टराई ,ध्रुव पाण्डे ,सरिता भुसाल ,जिबलाल घिमिरे ,शुष्मा खनाल ,जिल्ला कमिटीका उपाध्यक्ष ईश्वरा पोख्रेल ,उपसचिव शम्भुप्रसाद पोख्रेल ,जिल्ला कार्यालय सचिव लिलबहादुर बि.क.,एमाले क्षेत्रीय समन्वय कमिटी प्रदेश (क) का संयोजक रामबहादुर रायमाझी (ख), सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ ,उपप्रमुख मिश्रा आचार्य ,नेकपा एमालेका नेताहरू मोतिजङ्ग रायमाझी ,कृष्णबहादुर भुसाल , ध्रुव आचार्य ,नारायण अर्याल ,दिपा आचार्य ,शुष्मा श्रेष्ठ ,विष्णु परियार ,देवी भुसाल ,कमला भण्डारी खनाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै मिसन ग्रासरुट अभियानले नेकपा एमालेलाई थप बलियो र संगठित गर्ने बताउनुभयो । अभियान २ महिना सम्म चल्ने नगर सचिव कुशल भुसालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार