एमालेले संसदमा प्रधानमन्त्रीसँग जवाफ माग्ने

प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको भन्दै संसद्मा जवाफ माग्ने भएको छ । शनिबार बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीसँग जवाफ माग्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको एमालेको ठहर छ । ‘हाम्रो सीमा समस्याका बारेमा बोल्न सक्नुभएन । फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा त्यो बाटो दिए नेपालको भूमि दिन तयार छौँ भन्ने गैरजिम्मेवार, राष्ट्रहितविपरीत अभिव्यक्ति दिनुभयो । त्यसले देशको गरिमामा आँच आएको छ । सिंगो नेपाली जनताको शिर निहुरिएको छ । यो विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्छौँ,’ बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले भने ।

उनले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा देशहितको विषय उठान गर्न नसकेको दाबी पनि गरे । प्रधानमन्त्रीले संसद्मा उठाएका विषय भारत भ्रमणमा नउठाएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार