२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित, सुपर सिक्समा पुग्न असफल

काठमाण्डाै – विश्वकप क्रिकेट छनोट अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २८ ओभर १ बलमा मात्रै तीन विकेट गुमाएर भेट्टायो । उसका म्याक्स ओ डाउडले सर्वाधिक ९० रन बनाए ।

नेपालका सन्दीप लामिछानेले दुई र गुल्सन झाले एक विकेट लिए ।  यसअघि जिम्बावेको टाकाशिंगा स्पोर्ट्स क्लबमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४४ ओभर ३ बलमा १ सय ६७ रनमा अलआउट भयो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । यस्तै, सन्दीप लामिछानेले २७, गुल्सन झाले १५, दिपेन्द्रसिंह ऐरीले १४, कुशल मल्लले १२, आरिफ शेखले ६, भीम सार्कीले २२, कुशल भुर्तेलले २७  र करण केसीले एक रन बनाए ।

आशिफ शेखले खाता पनि खोल्न सकेनन् । नेदरल्यान्ड्सका लोगन भान बीकले ४ विकेट लिए । आजको हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ । समूह ‘ए’ बाट अमेरिका यसअघि नै बाहिरिसकेको छ । समूह ‘ए’ बाट जिम्बावे, वेष्ट इन्डिज र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । नेपालले आफ्नो खेलमा अमेरिकालाई हरायो भने वेष्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्सँग पराजित भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार