१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

गाउँपालिका को दादागिरी : सम्पन्न भएको कामको भुक्तानी दिएन

त्रीपुरासुन्दरी गाउँपालिका सिन्धुपाल्चोक ले सोही गा.पा. को वडा न. ३ मा आर्थिक बर्ष २०७९/८० को ‘ काभ्रे साधिधारो किरियापुत्री भवन ‘ शिर्षक मा बिनियोजित दुई लाख रुपैयाँ काम सप्पन्न गरिसक्दा समेत पुर्बाग्रही तरिकाले भुक्तानी रोकेको छ।

गाउपालिका को ३ नम्बर वडा मा रहेको सो योजनामा टोल बिकास उप- समितिले स्थानिय उपभोक्ता को श्रमदान र आर्थिक सहयोगमा करिब ६ लाख बराबरको किरियापुत्री भबन निर्माण भएको तर गाउपालिकाले २ लाख दिन समेत अस्विकार गरेको छ।

हिन्दु परम्परा अनुसार मृत्यु पश्चात् गरिने किरिया कर्म गर्न घाम तथा बर्षा को कारण समस्या हुने गरेको र आफ्नो घर नहुनेका लागि समेत उक्त भवन निर्माण पश्चात् आगामी दिनमा सहज हुने भएकोले यो आबश्यक रहेको तर गाउपालिका ले पुर्बाग्रही तरिका ले रकम भुक्तानी गर्न अस्विकार गरेको ले स्थानीय जनताको चित्त दुखेको र स्थानिय सरकारप्रती बिश्वास गुमेको कुरा स्थानिय उपभोक्ता तथा टोल बिकास उप-समिती सदस्य खिलबहादुर नेपालले बताउनु भयो।
करिब ४ लाख श्रमदान तथा आर्थिक सहयोग र २ लाख गाउँपालिका को बिनियोजित बजेट बाट भरपाइ गर्नेगरी मासिक ब्याजमा पैसा ऋण लिएर काम गरेको तर भुक्तानी नपाएको ले उपभोक्ता हरु चिन्तित छन।

पैसा रोकिनु को कारण सोधपुछ गर्दा भुक्तानी हुन्छ भनेर झुलाएको तर अन्तिम दिनम नमिल्ने भनेर गापा अध्यक्ष भक्तध्वज बोहराले जानकारी गराएको र योजना भुक्तानी प्रक्रिया नगर्न दबाब आएको जानकारी समेत प्राबिधिक बाट आएको स्थानियले जनएका छन। कमिसन आउने काममा तुरुन्तै भुक्तानी हुने तर २ लाखको बजेट परेको ठाउँमा ६ लाखको काम हुदा समेत वडा ,गाउपालिका सबैलाइ अनुरोध गर्दा समेत भुक्तानी नहुनु ले स्थानीय सरकारको नियती माथी प्रश्न उठेको छ।
आर्थिक संकट्ले ग्रस्त बनाएको कठिन परिस्थितिमा दैनिकि चलाउन मुस्किल भैरहेको तर काम गरेको पैसा नदिएर गापा ले अन्याय गरेको हुदा तुरुन्तै भुक्तानी नभए आन्दोलनमा उत्रने स्थानिय उपभोक्ता ले जनाएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार