सरकारले निर्माण व्यवसायीलाई ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । निर्माण व्यवसायीहरूले सरकारले निर्माण सम्पन्न गरेको आयोजनाहरूको ५० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताएका छन् । सरकारले यो रकम भुक्तानी नगर्दा व्यवसाय नै सङ्कटमा परेको व्यवसायीको भनाइ छ ।

कोरोना महामारीका कारण शिथिल बनेको निर्माण व्यवसाय क्षेत्रलाई राहत दिनुपर्नेमा सरकारले निर्माण सम्पन्न गरेको भुक्तानी समेत नदिँदा मारमा परेको निर्माण व्यवसायीको गुनासो छ । सरकारले ४ हजार भन्दा बढी आयोजनाको निर्माण सम्पन्न गरेका ३ हजार निर्माण व्यवसायीको करिब १० अर्ब रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने र ४० अर्ब रुपैयाँको भुक्तानीको प्रक्रिया सुरु गर्नुपर्ने निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । महासचिव दाहालले महासङ्घका मागहरू पूरा नभए सबै निर्माण कार्यहरू ठप्प पारी कडा आन्दोलन थाल्ने बताउनुभयो ।

सरकारले चालु आर्थिक वर्षमा समेत ४ खर्बका आयोजनामा बजेट विनियोजन नगरेको तर सम्झौता भने गरेको महासङ्घको भनाई छ । यसको समाधानका लागि सरकारले एकमुष्ट सबै सञ्चालित आयोजनाको म्याद थप गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, बिमा निर्देशिका—२०७८ खारेज गर्नुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर्नुपर्ने, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर्नुपर्ने लगायत माग गर्दै निर्माण व्यवसायी पाँच दिनदेखि आन्दोलनमा छन् ।

सरकारले भने निर्माण व्यवसायीले ठेक्का लिएर काम ओगट्ने तर समयमै आयोजना निर्माण नगर्ने भएकाले समस्या हुने गरेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार