अर्घाखाँची । नेपाली काग्रेस केन्द्रीय महामन्त्री गगनबहादुर थापाले निर्वाचन प्रणाली र प्रदेशका संरचनामा पुर्नविचार आवश्यक रहेकाे बताए ।
महामन्त्री समानुपातिक निर्वाचन प्रणाली र प्रदेशका सरचना राज्यले थेक्न नसक्ने अवस्था पुगेकाले संरचनाकाे ढाचामा पुन मुल्यांकन आवश्यक रहेकाे बताउनुभयाे ।
नेपाली काग्रेस अर्घाखाँचीकाे प्रथम जिल्ला सम्मेलनकाे शुक्रबार उढ्घाटन नेता थापाले काग्रेस नेताले नभई जनताले जाेगाएकाे बताए।
महामन्त्री थापाले अर्को निर्वाचन कुनै दल सग गठबन्धन नगर्ने दावि गर्दै सत्ताका लागि दलले जे पनि गर्न तयार हुन्छन भन्ने आराेपबाट मुत्त गर्न पनि याे आवश्यक रहेकाे जिकिर गरे ।
धर्म,जातकाे आधारमा देशलाई विखण्डन गर्न नहुने बताउँदै देशलाई समाल्ने पार्टी काग्रेस मात्र भएकाे दावी गरे । पार्टीमा गुटउपगुट झांगिएकाे बताउँदै गुट कम गर्न काग्रेसले अधिवेशनमा समूह र चिट बनाएर निर्वाचन लड्न नपाउने व्यवस्था गर्नुपर्न महामन्त्री थापाकाे भनाइ रहेकाे छ ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पुर्व राजा ज्ञानेन्द्र शाह मठमन्दिर,पुजापाठ जाने गरेकाे स्मरण गर्दै उहाँलाई साेहि नै उपयुक्त रहेकाे बताउँदै फेरि राजा बन्ने सपना नदेख्न आग्रह गरे ।
नेता भण्डारीले जनमतद्वारा दुईतिहाइ ल्याएर सविधान संसाेधन गरि आफू अनुकुल सिहदरवार अाउन राजालाई चुनाैति दिए ।
केन्द्रीय सदस्य मानबहादुर विक,पुष्पा भुसाल,चन्द्र केसि,नैनसिंह महर,लुम्बिनी प्रदेश सभापति अम्बरसिह पुन लगायतले शुभकामना मन्तव्य राखेका थिए । जिल्ला सभापति केशव श्रेष्ठकाे अध्यक्षता,सचिव कृष्णप्रसाद खनालकाे सञ्चालन र उपसभापति विष्णुप्रसाद भुसालको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।