२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

किमडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेड नवाैं साधारणसभा सम्पन्न

अर्घाखाँची । साना किसान कृषि सहकारी संस्था लिमिटेड सन्धिखर्क-८ किमडाँडाकाे नवाैं साधारणसभा सम्पन्न भएको छ । प्रतिनिधिसभा सांसद बिजुला रायमाझीले दीप प्रज्ज्वलन गरी कार्यक्रमकाे उद्घाटन गर्नुभयाे । उहाँले कृषिकाे माध्यमबाट मुलुकलाई समृद्ध बनाउन तीनवटै तहका सरकारहरूका बीचमा प्रभावकारी समन्वय हुनुपर्ने बताउनुभयो ।

उहाँले कृषकले उत्पादन गरेकाे बस्तुलाई सरकारले बजारीकरण गर्नमा सहयाेग पुर्याउनुपर्ने बताउनुभयाे । सन्धिखर्क नगरपालिकाका उप-प्रमुख मिश्रा आचार्यले सहकारीले वचत संकलन गरी ऋण प्रवाह मात्रै नगरेर सशक्तीकरण, आयआर्जन र सीपकाे विकासमा समेत टेवा पुर्याएकाे बताउनुभयो । उहाँले कृषि क्षेत्रकाे विकासका लागि नगरपालिकाले सहकारीहरूसँग समन्वय गरी अघि बढ्ने बताउनुभयो ।

वडा अध्यक्ष हुमप्रसाद बञ्जाडेले साना किसान सहकारीले सस्ताे ब्याजदरमा कृषकहरूलाई ऋण प्रवाह गरेर स्वराेजगार बन्न प्रेरित गरेकाे बताउनुभयो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका कार्यपालिका सदस्य द्वय कृष्णा भुसाल, लिला भुसाल,पत्रकार अर्जुन भुसालले शुभकामना मन्तव्य राखेका थिए ।

सञ्चालक समितिका अध्यक्ष रमकला खत्रीकाे अध्यक्षता,उपाध्यक्ष कमला बञ्जाडेकाे स्वागत मन्तव्य र सहकारीका प्रबन्धक शिला भुसालकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा पुजा भट्टराईले लेखा परिक्षण प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम र सरिता कुँवरले लेखा समितिकाे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार