काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई २–१ ले हराएको छ। लिगमा युनाइटेडको यो लगातार चौथो जित हो र यससँगै क्लबको शीर्ष चारको सम्भावना कायमै छ। खेलमा रास्मस होजलन्डको दुई गोलगरे।
होजलन्डले खेलको पहिलो र सातौं मिनेटमा गोल गरे। लुटनका तर्फबाट चार्ल्टन मोरिसले १४ औं मिनेटमा एक गोल फर्काए। त्यसपछि खेलमा कुनै गोल भएन । यो जितपछि युनाइटेडको ४४ अंक भएको छ र छैटौं स्थानमा छ।
यो शीर्षबाट पाँच अंकको दूरी हो। आइतबार भएको अर्को खेलमा ब्राइटनले अंक तालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई ५–० ले हरायो। यो जितसँगै ब्राइटन ३८ अंकमा सातौं स्थानमा उक्लेको छ।