२८ कार्तिक २०८१, बुधबार
२८ कार्तिक २०८१, बुधबार

साेमवार (आज) देखि प्रकाश स्मृति क्रिकेट सूरू,स्व. महतलाइ सधै सम्झिरहने : सासद आर्चाय

फाल्गुन १४, अर्घाखाँची । प्रथम प्रकाश महत स्मृति कप खुल्ला क्रिकेट प्रतियाेगिता साेमवार (आज)देखि सन्धिखर्ककाे टुडिखेलमा सुरू भएकाे छ ।

खेलकाे लुम्बिनी प्रदेश सभा सदस्य पुर्व मन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य चेतनारायण आर्चायले एक समारोह विच उढ्घाटन गरेका छन् ।
कार्यक्रममा मन्तव्य राख्दै आर्चायले भाैतिक रूपमा हामी प्रकाश नरहेता पनि हामिले सधै जिवन्त राख्ने गरि काम गर्ने बताए । प्रत्येक वर्ष खेलकाे आयाेजना गरि उहाँलाइ सम्झने गरि खेलकुद महाँसघले स्मृति कप खेल गरिने आर्चायकाे भनाइ रहेकाे छ ।
नेता आर्चायले खेलले जिल्ला देखि राष्ट्रलाई समेत परिचित गराउने भएकाले दत्तचित्त भएर खेल क्षेत्रमा राख्न युवाहरूलाई आग्रह गरे । गत वर्ष फागुन ७ गते खेलकुद महाँसघकाे महाधिवेशनमा सहभागी भई निवासमा जाने क्रममा दुर्घटना परि प्रकाशकाे मृत्यु भएकाे थियाे ।


कार्यक्रममा जिल्ला समन्वय समितिकाे प्रमुख जिवनारायण काेइराला,सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ,खेलकुद विकास समितिका अध्यक्ष विष्णु क्षेत्रि,पत्रकार महाँसघ प्रदेश सदस्य प्रेमनारायण आर्चाय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


नेपाल खेलकुद महासंघ जिल्ला कमिटी अर्घाखाँचीले आयाेजना गरेको प्रथम “प्रकाश महत स्मृति” क्रिकेट प्रतियोगितामा १३ टिमकाे सहभागिता रहेकाे छ ।
पहिलो दिनकाे खेलमा ईलाभेन ब्रदर्स डिभर्ना “बि” ले युएसिसि अर्घा माथि २ विकेटकाे जित निकालेकाे छ । खेलकाे म्यान अफ द म्याच कृष्ण कुँवर भएका थिए ।
पहिलो दिनको दोश्रो खेलमा अर्घाखाँची क्रिकेट एकेडेमीले अर्घाखाँची बुलेटिन क्रिकेट क्लबलाई दिएकाे ५७ रनकाे मध्यम लक्ष्य ५ विकेट गुमाउँदै पूरा गर्याे। खेलमा अगष्ट श्रेष्ठले ५ विकेट ल्याउदै म्यान अफ द म्याच भए ।
महाँसघका अध्यक्ष हेनरि बस्नेतकाे अध्यक्षता,विक्रम नेपालीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार